शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैन : कमल थापा

सोमबार, ०७ फागुन २०८०, १३ : ३७
सोमबार, ०७ फागुन २०८०

 काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने बताएका छन् ।  आज पार्टीद्वारा काठमाडौँमा आयोजित "त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सव"को अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रूपान्तरण भएको समेत टिप्पणी गरे ।

 देशमा वामपन्थी बिचारको वर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको व्यवस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको बताए । थापाले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गरे। अर्बौँ खर्च गरेर योजनाबद्ध रूपमा नेपाली धर्म संस्कृति नष्ट गरेको दाबी गर्दै थापाले विकृत मान्यता र दर्शन बोकेर देश विकास हुन नसक्ने बताए। देश वैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको भन्दै थापाले कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप