सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले आफ्नो इतिहास गुमायो : सचिव भट्टराई

सोमबार, ०७ फागुन २०८०, २१ : १८
सोमबार, ०७ फागुन २०८०

रौतहट । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेपाली कांग्रेसले आफ्नो  इतिहास गुमाइसकेको बताएका छन् । 

रौतहटको गरुडामा आयोजित एमालेको १० औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सोमबार सचिव भट्टराईले कांग्रेसले आफ्नो सिद्धान्तलाई पाखा लगाएर पार्टी नीतिलाई संकटमा पारेको आरोप लगाए । 

सचिव भट्टराईले विचार नमिल्ने माओवादी तथा मधेसवादीसँग गठबन्धन गरेर कांग्रेसले आफ्नो अस्तित्व समाप्त पारेको बताए । चुनावपछि सरकार बनाउन गठबन्धन गर्नु स्वाभाविक भएपनि एमालेलाई सिद्ध्याउने कसम खाएर गठबन्धन गर्नु राम्रो नभएको उनले बताए ।

सचिव भट्टराईले अब पार्टीको संगठन बलियो बनाएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप