कांग्रेसले आफ्नो इतिहास गुमायो : सचिव भट्टराई
सोमबार, ०७ फागुन २०८०, २१ : १८
रौतहट । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेपाली कांग्रेसले आफ्नो इतिहास गुमाइसकेको बताएका छन् ।
रौतहटको गरुडामा आयोजित एमालेको १० औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सोमबार सचिव भट्टराईले कांग्रेसले आफ्नो सिद्धान्तलाई पाखा लगाएर पार्टी नीतिलाई संकटमा पारेको आरोप लगाए ।
सचिव भट्टराईले विचार नमिल्ने माओवादी तथा मधेसवादीसँग गठबन्धन गरेर कांग्रेसले आफ्नो अस्तित्व समाप्त पारेको बताए । चुनावपछि सरकार बनाउन गठबन्धन गर्नु स्वाभाविक भएपनि एमालेलाई सिद्ध्याउने कसम खाएर गठबन्धन गर्नु राम्रो नभएको उनले बताए ।
सचिव भट्टराईले अब पार्टीको संगठन बलियो बनाएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले किन भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु ?
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
-
बैंकिङ कसुर मुद्दामा महिला पक्राउ
-
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको मुद्दा ‘पूर्ण इजलास’ मा किन पठायो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण