सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अवैध लागू औषधसहित उदयपुरमा एकजना पक्राउ

मङ्गलबार, ०८ फागुन २०८०, १९ : ५३
मङ्गलबार, ०८ फागुन २०८०

उदयपुर । उदयपुरमा लागू औषधसहित एक जना युवक पक्राउ परेका छन् ।  बेलका नगरपालिका-९ रामपुर बजारको झण्डा चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय निकेश पराजुलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप