नयाँ टिमले क्यानडामाथि हासिल गरेको जित ऐतिहासिक : कप्तान जोरा
काठमाडौं । क्यानडा–११ सँगको तीन खेलको एक दिवसीय क्रिकेटको दोस्रो खेलमा मंगलबार जित निकालेपछि कप्तान सन्दीप जोराले नयाँ टिमका लागि यो नतिजा उत्साहजनक रहेको बताएका छन् । क्यानडामाथि दुई विकेटको जितपछिको पत्रकार सम्मेलनमा बोल्दै जोराले टिमका सदस्यहरूले योजनाअनुसार प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए ।
उनले भने, ‘टोलीमा हामी सबै नयाँ छौँ । आजको जित हाम्रो लागि ऐतिहासिक हो । एकदम खुसी लागेको छ । क्यानडाले दिएको लक्ष्य पछ्याउनेबारे हामीले प्लान गरेका थियौँ, सोहीअनुसार खेल्यौँ ।’
क्यानडासँगको यस शृङ्खलाले क्यानमा आबद्ध सबै खेलाडीका लागि अवसर भएको भन्दै शृङ्खला जित्ने विश्वास रहेको उनले बताए । मुलपानी मैदानमा मंगलबार भएको दोस्रो खेलमा नेपालले क्यानडालाई २ विकेटले पराजित गरेको थियो ।
नेपालको जितसँगै सिरिजमा १–१ को बराबरी भएको छ । यसअघि पहिलो खेलमा क्यानडा विजयी भएको थियो । अब बिहीबार तेस्रो तथा निर्णायक खेल हुनेछ ।
नेपालको जितमा बसिर अहमद र कप्तानको भूमिका रहेका सन्दीप जोराले अर्धशतक हिर्काएका थिए । सन्दीपले ६६ रन जोडे भने बसिरले नटआउट ५२ रन जोडे । रशिद खानले जोडेको ४७ रन पनि नेपालको जितको आधार बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण