सिरियामाथि नेपालको शानदार जीत
काठमाडौँ । २०२४ को वेस्ट एसियन फुटबल फेडरेसन च्याम्पियनसीपमा नेपाली महिला फुटबल टोलीले सिरियामाथि शानदार जीत हासिल गरेको छ । मंगलबार साउदी अरबमा भएको खेलमा ४–१ गोलअन्तरले विजयी बनेको हो ।
नेपालको जीतमा अमिशा कार्की, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा पौडेलले एक–एक गोल गरे । अमिशाले खेलको १० औँ मिनेटमा नेपाललाई अग्रता दिलाएकी थिइन् । १३ औँ मिनेटमा अनिताले सिधै कर्नरबाट शानदार गोल गरिन् ।
१९ औँ मिनेटमा साम्बाले एक गोल थप्दै टोलीको अग्रता फराकिलो बनाइन् । ४३ औँ मिनेटमा सिरियाकी नुरु मुस्तफाले एक गोल फर्काए पनि दोस्रो हाफमा रेखा पौडेलले अर्को गोल थप्दे टोलीको जीत सुनिश्चित गरिन् ।
नेपालले पहिलोपटक यो प्रतियोगितामा सहभागिता जनाएको हो । प्रतियोगितामा आठ टोली सहभागी रहेका छन् । नेपाल समूह बीमा रहेको छ । नेपालसँगै समूहमा प्यालेस्टाइन, इराक र सिरिया रहेका छन् ।
नेपालले अर्को खेल बिहीबार इराकविरुद्ध खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण