प्रशिक्षक ग्वार्डिओला भन्छन्, ‘अब त हालान्डको आलोचना बन्द गर’
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अर्लिङ हालान्डका आलोचकहरुलाई चेतावनी दिएका छन् । ग्वार्डिओलाले २३ वर्षीय नर्वेजियन स्ट्राइकर हालान्ड समकालीन विश्व फुटबलको प्रतिभाशाली खेलाडी भएको पनि बताएका छन् ।
‘हालान्ड समकालीन विश्व फुटबलका प्रभावशाली खेलाडी हुन् । तिमीहरू अझै पनि हालान्डको आलोचना गर्छौ । उनले गतिलो जवाफ दिइसके । अब त उनको आलोचना बन्द गर,’ प्रशिक्षक ग्वार्डिओलाले भनेका छन् ।
प्रिमियर लिगअन्तर्गत मंगलबार राति खेलिएको खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएपछि ग्वार्डिओलाले यस्तो टिप्पणी गरेका हुन् । उक्त खेलमा म्यानचेस्टर सिटीको जितमा हालान्डले ७१औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितसँगै म्यानचेस्टर सिटीले लिग लिडर लिभरपुलसँगको अंक दूरी पनि घटाएको छ । गत शनिबार खेलिएको प्रिमियर लिगअन्तर्गतको खेलमा म्यानचेस्टर सिटीलाई चेल्सीले १–१ गोलको बराबरीमा रोकेको थियो ।
घरेलु मैदानमा खेलिएको उक्त खेलमा हालान्डले स्वभाविक प्रदर्शन गर्न नसकेको भन्दै उनको ब्यापक आलोचना भएको थियो । त्यो खेलको केही दिनअघि मात्र हालान्डको हजुरआमाको निधन भएको थियो । ‘म प्रशिक्षक हुँ र कुन खेलाडीमा कस्तो क्षमता छ भन्ने कुरा राम्ररी बुझेको छु । हालान्ड निकै प्रतिभाशाली खेलाडी हुन्,’ ग्वार्डिओलाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण