सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री श्रेष्ठद्वारा ट्राफिक सप्ताहको उद्घाटन

बिहीबार, १० फागुन २०८०, ११ : ४७
बिहीबार, १० फागुन २०८०

नेपालगन्ज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर  र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह– २०८० को उद्घाटन गरेका छन् ।

‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि’ आजबाट ट्राफिक सप्ताह सुरु भएको हो। त्यसक्रममा लुम्बिनी प्रदेश र बाँके जिल्लाका प्रहरी तथा स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभात फेरी गरिएको थियो ।

प्रभात फेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो। प्रभातफेरीलाई संक्षिप्त सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ट्राफिक सचेतनाका लागि सबै पक्षले सहयोग गरेको र चासो देखाएकोमा आभार व्यक्त गरे ।  

सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्रै नभएर चालक र यात्रु सबैलाई ज्ञान दिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप