गृहमन्त्री श्रेष्ठद्वारा ट्राफिक सप्ताहको उद्घाटन
बिहीबार, १० फागुन २०८०, ११ : ४७
नेपालगन्ज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह– २०८० को उद्घाटन गरेका छन् ।
‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि’ आजबाट ट्राफिक सप्ताह सुरु भएको हो। त्यसक्रममा लुम्बिनी प्रदेश र बाँके जिल्लाका प्रहरी तथा स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभात फेरी गरिएको थियो ।
प्रभात फेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो। प्रभातफेरीलाई संक्षिप्त सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ट्राफिक सचेतनाका लागि सबै पक्षले सहयोग गरेको र चासो देखाएकोमा आभार व्यक्त गरे ।
सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्रै नभएर चालक र यात्रु सबैलाई ज्ञान दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण