‘बाह्य व्यक्तिको घुसपैठ गम्भीर छ’
घटना प्रकृति जातीय द्वेषकै परिणाम हो । हिन्दु र मुसलमानबिच रौतहटमा २०२८ मा पनि दङ्गा भएको थियो । थुप्रैले ज्यान गुमाए । १५ सय भन्दा बढी घरहरू जलाइयो । त्यो धार्मिक दङ्गा छिमेकी जिल्ला बारासम्म फैलिन पुगेको थियो । पहिलेदेखिकै तुष छ । यति हुँदा पनि हिन्दु–मुस्लिमका दुवै धार्मिक गुरुहरू र प्रशासनिक संयन्त्रले साम्य गराउँछन् । ठुलो रूपमा आउनै दिँदैनन् । तर, दुवै धर्ममा ‘चरमपन्थीहरु’ छन् । एकले अर्कोलाई हेपिएको दृष्टिकोणले हेर्छन् । तराईका केही जिल्ला र बाँकेको नेपालगन्जमा अहिले पनि हिन्दु र मुस्लिमबिचको सम्बन्ध हार्दिक बन्न सकेको छैन । अर्को कुरा तराईमा सानो केही घटना भयो भने पारी (भारत) बाट मान्छेहरु आउँछन् ।
यता मान्छे मार्छन्, उता भाग्छन् । घटनापछि सबै व्यहोर्नुपर्छ चाहिँ स्थानीय प्रशासनले । साम्प्रदायिक घटनामा बाह्य घुसपैठ हुनु बडो डरलाग्दो र गम्भीर विषय छ । घटना हुने शङ्का लागेपछि स्थानीय प्रशासनले सीमामा कडाइ गर्नुपर्छ । सुरक्षा संयन्त्रले प्रारम्भिक सूचना संकलन गर्नुपर्छ । अहिले त स्थानीय तह बलियो छ । उनीहरूले विभिन्न योजना र चेतना अभिवृद्धिका कार्यक्रमहरू ल्याएर दुवै पक्षलाई मिलाउने प्रयास गर्नुपर्छ ।
पूर्व गृह सचिव उमेश मैनालीसँग मधेसमा धार्मिक सद्भावबारे गरिएको कुराकानीमा आधारित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण