बलात्कार मुद्दा प्रकरण
जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतमा
बिहीबार, १० फागुन २०८०, १७ : २५
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।
बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका हुन् । सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गर्न लागेको उनका कानुन व्यवसायी तथा अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।
रातोपाटीसँग उनले भने, ‘हामी उच्च अदालतमा आएका छौँ, काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित पुनरावेदन दिन लागेका हौँ, निवेदन दर्ता प्रक्रिया अघि बढ्दैछ ।’
काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण