बलात्कार मुद्दा प्रकरण
जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतमा
बिहीबार, १० फागुन २०८०, १७ : २५

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।
बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका हुन् । सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गर्न लागेको उनका कानुन व्यवसायी तथा अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।
रातोपाटीसँग उनले भने, ‘हामी उच्च अदालतमा आएका छौँ, काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित पुनरावेदन दिन लागेका हौँ, निवेदन दर्ता प्रक्रिया अघि बढ्दैछ ।’
काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिन्ती छोरा नेता नबन
-
बेलायती दूतावासले मनायो राजा चार्ल्सको जन्मदिन
-
एक खर्ब ५२ अर्बका ४६ योजनामा लगानी प्रतिबद्धता (सूचीसहित)
-
मकवानपुर महिला गोल्डकप : बारा र संकटा भिड्ने
-
प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो छ : सभामुख
-
लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि