चन्द्रमाको सतहमा पहिलोपटक निजी कम्पनीको यान, अमेरिकाको ५० वर्षको अनुपस्थिति अन्त्य
वासिङ्टन डिसी । एक अमेरिकी कम्पनी चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराउने पहिलो व्यावसायिक कम्पनी बनेको छ । ह्युस्टनमा रहेको इन्ट्युसिभ मेसिन्सले शुक्रबार ओडेसस रोबोटलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गराउन सफल भएको हो ।
फ्लाइट डाइरेक्टर टिम क्रेनले आफ्नो उपकरण चन्द्रमाको सतहमा अवतरण गरेको पुष्टि गर्दै सङ्केतहरू प्राप्त गर्न सुरु गरेको जानकारी दिए । क्रेनले यो घोषणा गरेपछि कम्पनीका कर्मचारीहरूले ताली बजाउँदै खुसीयाली मनाएका थिए ।
कुनै व्यावसायिक कम्पनीका लागि मात्र नभएर अमेरिकाको अन्तरिक्ष कार्यक्रमका लागि पनि यो महत्त्वपूर्ण पल थियो । योसँगै चन्द्रमाको सतहमा अमेरिकाको ५० वर्षको अनुपस्थिति अन्त्य भएको छ । अमेरिकाले पछिल्लोपटक सन् १९७२ मा एपोलो मिसन अन्तरगत अन्तरिक्ष यानलाई चन्द्रको सतहमा अवतरण गराएको थियो ।
ओडेसस रोबोट अवतरण गरेको स्थान मालापर्ट नामक पहाडी क्षेत्र नजिक रहेको छ । कुनै पनि अन्तरिक्ष यान पुगेको चन्द्रमाको यो सबैभन्दा दक्षिणी भेग हो । आर्टेमिस कार्यक्रमअन्तर्गत नासाले यो दशक अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा पठाउने योजना बनाएको सम्भावित ठाउँहरूमा यो स्थान पनि पर्दछ ।
यो क्षेत्रमा गहिरो क्रेटर (खाडल) हरू रहेका छन् जहाँ कहिले पनि सूर्यको किरण पर्दैनन् । सधैँ अन्धकार रहने क्षेत्रमा जमेको पानी हुनसक्ने वैज्ञानिकहरूको अनुमान रहेको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण