शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सनातन हिन्दु राष्ट्रको मुद्दालाई आत्मसात् नगरे पार्टीलाई क्षति पुग्छः सांसद भण्डारी

शुक्रबार, ११ फागुन २०८०, १६ : ५०
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले नेपाली काँग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा नआए पार्टीलाई क्षति हुने बताएका छन् । 

शुक्रवार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भण्डारीले नेपाली काँग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा आउनुपर्ने बताएका हुन् । उनले देशलाई सनातन हिन्दु राष्ट्रको रूपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताए ।

 उनले बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दु राष्ट्रको पक्षमा समर्थन गरेको भए पनि पार्टी नेतृत्वले सो कुरालाई आत्मसात् नगरेको बताए । उनले पार्टीले बहुमत महासमिति सदस्यको कुरालाई स्वीकार नगरेमा पार्टीलाई क्षति पुग्ने बताए । 

उनले संसारका अति समृद्ध मुलुक र अति विपन्न मुलुकहरूले देशको स्वधर्मलाई अवलम्बन गरेका भन्दै नेपाल पनि सनातन हिन्दु राष्ट्र हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप