सनातन हिन्दु राष्ट्रको मुद्दालाई आत्मसात् नगरे पार्टीलाई क्षति पुग्छः सांसद भण्डारी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले नेपाली काँग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा नआए पार्टीलाई क्षति हुने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भण्डारीले नेपाली काँग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा आउनुपर्ने बताएका हुन् । उनले देशलाई सनातन हिन्दु राष्ट्रको रूपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताए ।
उनले बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दु राष्ट्रको पक्षमा समर्थन गरेको भए पनि पार्टी नेतृत्वले सो कुरालाई आत्मसात् नगरेको बताए । उनले पार्टीले बहुमत महासमिति सदस्यको कुरालाई स्वीकार नगरेमा पार्टीलाई क्षति पुग्ने बताए ।
उनले संसारका अति समृद्ध मुलुक र अति विपन्न मुलुकहरूले देशको स्वधर्मलाई अवलम्बन गरेका भन्दै नेपाल पनि सनातन हिन्दु राष्ट्र हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण