बिहेअघि दाँतको सर्जरी गर्न गएका २८ वर्षीय युवकको मृत्यु
नयाँ दिल्ली । हैदराबादको एफएमएस इन्टरनेशनल डेन्टल क्लिनिकमा डेन्टर प्रोसिजरका लागि गएका एक युवकको मृत्यु भएको छ । मृतक २८ वर्षका व्यवसायी लक्ष्मी नारायण विन्जाम भएको बताइएको छ । बिहेको ठिक अघि दाँतको शल्यक्रिया गर्न उनी उक्त डेन्टल क्लिनिकमा गएका थिए । मृतकका परिवारका अनुसार १६ फेब्रुअरीमा लक्ष्मी नारायण एक्लै ‘स्माइल डिजाइनिङ’ प्रोसिजरका लागि दुबली हिल्सको रोड नम्बर–३७ मा रहेको एफएमएस इन्टरनेशनल क्लिनिकमा गएका थिए ।
साँझसम्म पनि छोरा घरमा नआएपछि लक्ष्मीका पिताले डेन्टल क्लिनकमा फोन गरे । फोनमा प्रोसिजर चलिरहँदा उनी बेहोस भएको भन्ने जवाफ आयो । कर्मचारीले लक्ष्मीलाई नजिकै रहेको अस्पताल लगिएको र त्यहाँ पुगेपछि उनको मृत्यु भइसकेको घोषणा गरिएको बताए ।
प्रोसिजरको बेलामा एनेस्थेसिया दिएपछि लक्ष्मी बेहोस भएको र मृत्युको कारण ओभरडोज भएको जुब्ली हिल्स प्रहरीमा दर्ता गरिएको उजुरीमा मृतकका परिवारले आरोप लगाएको छ । डेन्टल क्लिनिकको लापरवाहीका कारण मृत्यु भएको भन्दै प्रहरीले आईपीसीको धारा ३०४ ए अन्तर्गत डेन्टल क्लिनिकमाथि ऊजुरी दर्ता गराएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनी भर्सेस कुरासाओ
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण