उच्च अदालतले ममता बेनर्जी सरकारलाई दियो सिंहको विवादित नाम फेर्ने आदेश

कलकत्ता । पश्चिम बंगालको एउटा चिडियाघरमा राखिएको भाले र पोथी सिंहको नामलाई लिएर विवाद उत्पन्न भएको छ । यो मामिला कलकत्ता उच्च अदालतसम्मै पुग्यो । उच्च अदालतले राज्य सरकारलाई सिंहको नाम फेर्न भनेको छ । यी सबै हङ्गामा भाले सिंहको नाम अकबर र पोथी सिंहको नाम सिता राखेकोले भएको हो । यसमा विश्व हिन्दु परिषदले आपत्ति जनाएको थियो । हिन्दु देवीको नाम राख्नु ईश्वरनिन्दा भएको भन्दै परिषद्ले अदालतमा याचिका दायर गरेको थियो । परिषद्ले चिडियाखानामा सिंह राखेकोमा पनि आपत्ति जनाएको थियो ।
यी दुबैलाई जनावरलाई अहिले सिलगढी जिल्लाको नर्थ बङ्गाल वाइल्ड एनिमल्स पार्कमा राखिएको छ । बिहीबार, अदालतले सिंहको नाम हिन्दु देवता, मुस्लिम पैगम्बर, इसाई व्यक्ति, नोबेल पुरस्कार विजेता र स्वतन्त्रता सेनानीहरूको नाममा राख्न नहुने’ बताएको छ । ‘तपाईंले बिजली वा यस्तै नाम राख्न सक्नुहुन्थ्यो तर अकबर र सीता नै किन राख्नुभयो ? न्यायाधीश सौगता भट्टाचार्यले सोधेकी थिइन् । यो विवादलाई उब्जनै नदिन पनि सकिन्थ्यो भनेर भनेका छन् । परिषद्ले आफ्नो याचिकामा सिंहको नामलाई लिएर देशका धेरै ठाउँबाट गुनासो आएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’