उच्च अदालतले ममता बेनर्जी सरकारलाई दियो सिंहको विवादित नाम फेर्ने आदेश
कलकत्ता । पश्चिम बंगालको एउटा चिडियाघरमा राखिएको भाले र पोथी सिंहको नामलाई लिएर विवाद उत्पन्न भएको छ । यो मामिला कलकत्ता उच्च अदालतसम्मै पुग्यो । उच्च अदालतले राज्य सरकारलाई सिंहको नाम फेर्न भनेको छ । यी सबै हङ्गामा भाले सिंहको नाम अकबर र पोथी सिंहको नाम सिता राखेकोले भएको हो । यसमा विश्व हिन्दु परिषदले आपत्ति जनाएको थियो । हिन्दु देवीको नाम राख्नु ईश्वरनिन्दा भएको भन्दै परिषद्ले अदालतमा याचिका दायर गरेको थियो । परिषद्ले चिडियाखानामा सिंह राखेकोमा पनि आपत्ति जनाएको थियो ।
यी दुबैलाई जनावरलाई अहिले सिलगढी जिल्लाको नर्थ बङ्गाल वाइल्ड एनिमल्स पार्कमा राखिएको छ । बिहीबार, अदालतले सिंहको नाम हिन्दु देवता, मुस्लिम पैगम्बर, इसाई व्यक्ति, नोबेल पुरस्कार विजेता र स्वतन्त्रता सेनानीहरूको नाममा राख्न नहुने’ बताएको छ । ‘तपाईंले बिजली वा यस्तै नाम राख्न सक्नुहुन्थ्यो तर अकबर र सीता नै किन राख्नुभयो ? न्यायाधीश सौगता भट्टाचार्यले सोधेकी थिइन् । यो विवादलाई उब्जनै नदिन पनि सकिन्थ्यो भनेर भनेका छन् । परिषद्ले आफ्नो याचिकामा सिंहको नामलाई लिएर देशका धेरै ठाउँबाट गुनासो आएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण