गोल वर्षा गर्दै बार्सा दोस्रो स्थानमा
आइतबार, १३ फागुन २०८०, ०९ : १०
क्याम्प नाउ । गेटाफेमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बार्सिलोना ४–० गोलले विजयी बनेको हो ।
पहिलो हाफको २० औँ मिनेटमा राफिनाले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५३ औँ मिनेटमा जोआओ फेलिक्सले क्रिस्टिएन्सनको पासको टोलीको अग्रता दोब्बर बनाए । फ्रांकी डी योङ र फर्मिन लोपेजले एक–एक गोल थप्दै टोलीको जीत सहज बनाए ।
जीतपछि बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको दुरी ५ अङ्कमा झारेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको जिरोनालाई एक अङ्कले उछिनेको छ । तर, दुवै टोलीले एक–एक खेल कम खेलेका छन् ।
रियलले आइतबार सेभियाको आतिथ्य गर्नेछ । टोली आफ्नो अपराजित यात्रालाई ३० खेलसम्म पुर्याउने लक्ष्यमा रहेको छ । जिरोनाले सोमबार रायो भायोकानाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण