बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोल वर्षा गर्दै बार्सा दोस्रो स्थानमा

आइतबार, १३ फागुन २०८०, ०९ : १०
आइतबार, १३ फागुन २०८०

क्याम्प नाउ । गेटाफेमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बार्सिलोना ४–० गोलले विजयी बनेको हो ।

पहिलो हाफको २० औँ मिनेटमा राफिनाले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५३ औँ मिनेटमा जोआओ फेलिक्सले क्रिस्टिएन्सनको पासको टोलीको अग्रता दोब्बर बनाए । फ्रांकी डी योङ र फर्मिन लोपेजले एक–एक गोल थप्दै टोलीको जीत सहज बनाए ।

जीतपछि बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको दुरी ५ अङ्कमा झारेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको जिरोनालाई एक अङ्कले उछिनेको छ । तर, दुवै टोलीले एक–एक खेल कम खेलेका छन् ।

रियलले आइतबार सेभियाको आतिथ्य गर्नेछ । टोली आफ्नो अपराजित यात्रालाई ३० खेलसम्म पुर्‍याउने लक्ष्यमा रहेको छ । जिरोनाले सोमबार रायो भायोकानाको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप