न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खलामा अस्ट्रेलियाको ‘क्लिन स्विप’
काठमाडौँ । भ्रमणकारी टोली अस्ट्रेलियाले आइतबार सम्पन्न तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २७ रनले हराएको छ । जितसँगै अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डविरुद्धको तीन खेलको शृङ्खलामा पनि ‘क्लिन स्विप’ गरेको छ ।
अकल्यान्डमा सम्पन्न तेस्रो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले १०.४ ओभरमा चार विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । त्यसपछि वर्षा सुरु भएको थियो । वर्षा रोकिएपछि खेल पुनः सुरु हुँदा न्युजिल्यान्डले १० ओभरमा एक सय २६ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।
तर, न्युजिल्यान्डले निर्धारित १० ओभरमा तीन विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले अविजित ४० रन बनाएका थिए । उनले केवल २४ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काएका थिए ।
अस्ट्रेलियका बलर म्याथ्यु सर्ट, स्पेन्सर जोन्सन र एडम जाम्पाले एक–एक विकेट लिए । त्यसअघि अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले ३३, म्याथ्यु सर्टले २७, ग्लेन म्याक्सवेलले २० र जस इङ्लिसले अविजित १४ रन बनाएका थिए ।
अस्ट्रेलियाका म्याथ्यु सर्ट प्लेयर अफ दी सिरिज र अस्ट्रेलियाकै मिचेल मार्स प्लेयर अफ दी सिरिज घोषित भए । अब अस्ट्रेलिया र न्युजिल्यान्डबिच दुई टेस्टको शृङ्खला खेलिने छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण