मुआब्जा माग गर्दै तामागढी–सिम्रौनगढ हुलाकी सडक खण्डमा जग्गाधनीहरू आन्दोलित
बारा । तामागढी–सिम्रौनगढ सडक खण्ड निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि अधिग्रहण भएको जग्गाबापत सरकारबाट मुआब्जा नपाएको भन्दै स्थानीयवासीहरुले आन्दोलनमा गर्दै आएका छन् । सरकारले निर्धारण गरेको मुआब्जा रकम पटक पटक अनुरोध गर्दा समेत पाउन नसकेका उनीहरुले सो मागबारे कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा सङ्घर्ष समिति गठन गरेर आन्दोलन गरेका हुन् ।
_iZKE82XEiA.jpg)
सो क्षेत्रका स्थानीयहरूले एक सातादेखि निरन्तर दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सडक अवरुद्ध गर्दै आएका छन् । जग्गाधनीले सरकारबाट करिब ६५ देखि ७० बिघा जग्गाको २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ बराबरको मुआब्जा रकम नपाएको सङ्घर्ष समितिका अध्यक्ष अनवर अन्सारीले बताए ।
_665KC2WTYP.jpg)
‘पटक पटक विभिन्न मन्त्रालयदेखि प्रधानमन्त्रीलाई समेत जानकारी र ज्ञापनपत्र बुझाएका थियौँ तर हामी गरिबको समस्यामा सरकारले कुनै चासो नदिएका कारण हामी आन्दोलित भएका हौँ ।’ अध्यक्ष अन्सारीले भने–‘मन्त्रालय जाँदा आउँदा नै तिन लाख खर्च भइसकेको छ तर हाम्रो मागतर्फ कसैको ध्यान भएको नपाएपछि दबाबमूलक आन्दोलनसँगै रिले अनसन सुरु गरेको हौ’
_CokxJLyIVX.jpg)
सङ्घीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ बायाँबाट १५/१५ मिटर अधिग्रहण गरिएको थियो । ३९ दशमलव ७५ किलोमिटर लम्बाईको यो सडक दक्षिणमा भारतीय सीमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौँ ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्त्वपूर्ण सडक हो ।
साबिकका १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिका अन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण