वैज्ञानिकहरूले फेला पारे २४ करोड वर्ष पुरानो ‘ड्रागन’को जीवाश्म
स्कटल्यान्ड । वैज्ञानिकहरूले पहिलो पटक ड्रागनको पूरा जीवाश्म फेला पारेका छन् । यो जीवाश्म २४ करोड वर्ष अगाडिको हो । चीनमा ट्रियासिक युगको ड्रागनको जीवाश्म भेटिएको नेशनल म्युजियम स्कटल्यान्डले शुक्रबार बताएको छ । यो जीवाश्म करिब पाँच मिटर लामो छ । यो जीवाश्म सन् २००३ मै भेटिएको हो ।
तर कयौँ वर्षसम्म पाँच नयाँ प्रजातिको अध्ययन गरेपछि वैज्ञानिकहरूले पूरै प्राणी के हो भनेर ठम्याउन सके । यो जीवाश्ममा नाकदेखि पुच्छरसम्म ड्रागनको पूरै हिस्सा छ । जीवाश्म अंक आठ (एट) बनाएर बसेको छ । यो हेर्दाखेरि चिनियाँ ड्रागन जस्तै देखिने सङ्ग्रहालयका संरक्षक डा. निक फ्रेजरले बताएका छन् । यो जीवाश्मबारे अध्ययन गरेर स्कटल्यान्ड, जर्मनी र अमेरिकी अनुसन्धाताहरूको एउटा टोलीले फेला परेका तथ्यहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका थिए ।
यो जीवको घाँटीमा ३२ ओटा भर्टिब्रा पाइएको छ । यति लामो घाँटीको सहायताले यो जीवले माछा पनि समात्न सक्थ्यो कि ? तर वैज्ञानिकहरू यति लामो घाँटीको काम ठ्याक्कै के थियो भन्नेमा अलमल छन् । यो जीवाश्मको पेटमा माछा पनि पाइएको थियो । यो जीवले समुद्री सरीसर्प टानिस्ट्रोफेयसको झल्को दिएको वैज्ञानिकहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण