मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
उपभोग्य वस्तुको बजारभाउ

साढे तीन महिनामा कुन खाद्यवस्तुको मूल्य कति बढ्यो ?

केही खाद्यवस्तुको मूल्य घट्यो
सोमबार, १४ फागुन २०८०, ११ : १८
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । साढे तीन महिनाको अवधिमा नेपाली बजारमा केही खाद्यवस्तुको मूल्य बढेको छ भने केहीको मूल्य घटेको समेत पाइएको छ । गत कार्तिक १५ गते र फागुन १ गतेको बजारमूल्य तुलना गर्दा चामल, दाल, तेल, मसला लगायतको मूल्य वृद्धि भएको हो । यस्तै मुसुरो, मुंगको गेडा, काँचो तोरीको तेल, जिरा पाउडर लगायतका वस्तुको मूल्य घटेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

गत कार्तिक १५ मा ९० रुपैयाँ प्रतिकिलो पर्ने स्टिम जिरा मसिना चामलको मूल्य फागुन १ मा ८ रुपैयाँले वृद्धि भएर ९८ रुपैयाँ प्रतिकिलो पुगेको छ । सोही अवधिमा १७५ रुपैयाँ प्रतिकिलो पर्ने मुंग खोस्टाको मूल्य ५ रुपैयाँले वृद्धि भएर १८० पुगेको संघले जनाएको छ । 
यस्तै, भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि भएको छ । गत कार्तिकमा ३५० रुपैयाँ प्रतिलिटर पर्ने सो तेल हाल लिटरको ३७० रुपैयाँ पुगेको छ । भटमासको तेल १९५ रुपैयाँबाट वृद्धि भएर २०५ रुपैयाँ पुगेको छ । यस्तै प्रतिलिटर २०० रुपैयाँ पर्ने सन फ्लावर तेलको मूल्य ५ रुपैयाँले बढेर २०५ पुगेको छ । 

गत कार्तिकमा प्रतिकिलो ३७५ रुपैयाँ रहेको धनियाँ पाउडरको मूल्य २५ रुपैयाँले बढेर ४०० प्रतिकिलो पुगेको छ । यस्तै १५० रुपैयाँ पर्ने सेतो केराउको मूल्य १० रुपैयाँले बढेर प्रतिकिलो १६० रुपैयाँ पुगेको छ । प्रतिकिलो २४० रुपैयाँ पर्ने राजमाको मूल्य १० रुपैयाँले वृद्धि भएर २५० पुगेको छ । 
कैलो तिलको मूल्य कार्तिक १५ मा प्रतिकिलो ३५० रहेकोमा १० रुपैयाँले वृद्धि भएर फागुन १ मा ३६० रुपैयाँ प्रतिकिलो पुगेको संघले जनाएको छ । ५५ रुपैयाँ प्रतिकिलो पर्ने मकैको मूल्य १० रुपैयाँले वृद्धि भएर हाल ६५ रुपैयाँ पुगेको छ । 

यस्तै, आँटाको मूल्य ५ रुपैयाँले वृद्धि भएर ७५ रुपैयाँ पुगेको छ । मुरली मकैको मूल्य पनि प्रतिकिलो १० रुपैयाँले वृद्धि भएर १७० रुपैयाँ प्रतिकिलो पुगेको छ । 
मूल्य बढेको खाद्य वस्तुको विवरणः

Capture
                                                                                                                                                                                                                                                                                                                                       स्रोत : नेपाल खुद्रा व्यापार संघ

यी खाद्यान्नको मूल्य घट्यो 
समीक्षा अवधिमा केही खाद्यवस्तुको मूल्य घटेको छ । मुसुर, मुंगको गेडा, काँचो तोरीको तेल, जिरा पाउडर लगायत वस्तुको मूल्य घटेको छ । संघको तथ्याङ्क अनुसार गत कार्तिकमा १७० रुपैयाँ प्रतिकिलो बिक्री भएको मुसुरो हाल १० रुपैयाँले घटेर १६५ रुपैयाँ प्रतिकिलो भएको छ । १६५ रुपैयाँ प्रतिकिलो पर्ने मुंगको गेडाको मूल्य १६० रुपैयाँमा झरेको छ । काँचो तोरीको मूल्य ३१० रुपैयाँ प्रतिलिटर बाट घटेर ३०० रुपैयाँ पुगेको छ । 

यस्तै, जिरा पाउडर प्रतिकिलो ३०० रुपैयाँले घटेर ११ सय रुपैयाँ कायम भएको छ । दैनिक प्रयोग हुने चिनीको मूल्य पनि १० रुपैयाँले घटेको छ । गत कार्तिकमा ११५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको चिनीको मूल्य हाल १०५ रुपैयाँ छ । 
कालो भटमासको मूल्य १० प्रतिकिलो रुपैयाँले घटेर २५० रुपैयाँ भएको छ । यस्तै, गत कार्तिकमा १२ सय प्रतिकिलो कारोबार भएको जिराको मूल्य ३०० ले घटेर ९०० रुपैयाँ भएको संघले उल्लेख गरेको छ । 

ज्वानोको मूल्य प्रतिकिलो ५० रुपैयाँले घटेर ४५० रुपैयाँ कायम भएको छ । गत कार्तिकमा २६० रुपैयाँ प्रतिकिलो कारोबार भएको काँचो बदामको मूल्य २५० रुपैयाँ प्रतिकिलो भएको संघले जनाएको छ ।

मूल्य घटेको खाद्यवस्तुको विवरणः 

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप