रुसमा फसेका भारतीयबारे विदेश मन्त्रालयले के भन्यो ?
नयाँ दिल्ली । केही भारतीयहरूलाई रोजगारीको नाममा रुसमा लगिएको अनि त्यहाँ सेनामा काम गर्न लगाइएको भन्नेबारे सञ्चारमाध्यममा आइरहेका समाचारप्रति भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीयहरूले आफ्नो रिहाइका लागि रुसी सेनाको सहयोग लिएको सम्बन्धमा हामीले मिडियामा केही गलत रिपोर्टहरू देखेका छौँ ।
मस्कोस्थित भारतीय दूतावासको संज्ञानमा ल्याइएका यस्ता हरेक मामिलाहरूलाई रुसी अधिकारीहरूसमक्ष हामीले बलियोसँग उठाएका छौँ र मन्त्रालयको ध्यानाकर्षण गरिएका यी विषयहरूलाई नयाँ दिल्लीस्थित रुसी दूतावाससँग उठान गरिएको छ । यसको परिणामस्वरूप, धेरै भारतीय रिहा भएका छन् ।’
रुसी सेनाबाट भारतीय नागरिकहरूको शीघ्र रिहाइका लागि रुसी अधिकारीहरूसँग मिलेर काम गरिरहेका अनि यो आफ्नो प्राथमिकता र प्रतिबद्धता दुवै भएको पनि विज्ञप्तिमा भनिएको छ । गत हप्ता केही भारतीय युवालाई रोजगारीको नाममा रुस लगिएको र त्यहाँको सेनामा काम गर्न बाध्य पारिएको खबर आएको थियो । एजेन्टहरूले जागिर दिने बहानामा बोलाएर रुसी सेनामा भर्ती गराएको समाचारमा गरिएको थियो । हालैका दिनमा कर्नाटक, गुजरात, महाराष्ट्र, जम्मू कश्मीर र तेलंगानाबाट १६ जना रुस गएका छन् ।
रसियामा फसेका मानिसहरूका अनुसार एजेन्टहरूले उनीहरूलाई सेनामा नभई रुसमा हेल्पर र सेक्युरिटी सम्बन्धी जागिर दिइने बताएका थिए । तर, रुस गएपछि उनलाई सेनामा काम गर्न लगाइएको छ । यस नेटवर्कका दुई एजेन्ट रुसमा र दुई भारतमा भएको पनि बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण