झापामा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ
काठमाडौँ । झापामा विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोली र मातहत कार्यालयबाट खटिएको टोलीले ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा गाउँपालिका १ बस्ने ५६ वर्षीय हेमरम सतार, मेचीनगर नगरपालिका ७ बस्ने २५ वर्षीय राज किसान र कनकाई नगरपालिका ६ बस्ने ३४ वर्षीय दिनेश खवास रहेका छन् । सतारमाथि २०७९ चैत १९ गते चोरी मुद्दामा १ वर्ष कैद र पीडित राहत कोषमा २ सय रुपैयाँ जम्मगर्नुपर्ने फैसला भएको थियो । सो फैसलालगत्तै उनी फरार रहेका थिए । त्यस्तै किसानमाथि २०८० जेठ ९ गते चोरी मुद्दामा ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । सो फैसला लगत्तै उनी फरार रहेका थिए ।
यता खवासमाथि २०७८ साल चैत ०६ गते बालयौन दुरुपयोग मुद्दामा ३ महिना कैद, ५ हजार जरिवाना र प्रतिवादीले पीडितलाई १० हजार क्षतिपूर्ति भराई दिनुपर्ने र पीडित राहत कोषमा ४०० रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको थियो । सो फैसलालगत्तै फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापामा उपस्थित गराई अदाललतको आदेशबमोजिम कैद भूक्तानका लागि कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण