शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक म्यानेजरविरुद्ध खातावालाको १९ लाख डलर चोरीको आरोप

सोमबार, १४ फागुन २०८०, १२ : ५४
सोमबार, १४ फागुन २०८०

नयाँ दिल्ली । एक भारतीय महिलाले देशको सबैभन्दा ठुलो बैंकका एक जना म्यानेजरमाथि खातामा रहेको १६ करोड भारु (१९ लाख अमेरिकी डलर) चोरेको आरोप लगाएकी छिन् । श्वेता शर्माले अमेरिकामा रहेको खाताबाट आईसीआईसीआई बैंकमा रहेको आफ्नो खातामा पैसा पठाएकी थिइन् । 

यो पैसा निक्षेप बचतको रूपमा लगानी गर्ने आशा शर्माको थियो । तर बैंकका एक अधिकारीले नक्कली खाता बनाएर नक्कली हस्ताक्षर गरेर आफ्नो नाममा डेबिट कार्ड र चेक बूक लिएर पैसा झिकेको आरोप लगाएकी छिन् । ‘उसले मलाई नक्कली स्टेटमेन्ट दियो, मेरो नाममा नक्कली इमेल आईडी बनायो अनि बैंक रेकर्डमा मेरो मोबाइल नम्बर हेरफेर गर्‍यो ताकि पैसा झिकेको कुनै पनि सूचना मसम्म नआओस्,’ शर्माले बीबीसीसँग भनिन् । 

धोकाधडी भएको बैंकका एक प्रवक्ताले पनि स्वीकार गरेका छन् । तर यस मामिलामा संलग्न व्यक्तिले सजाय पाउने ती प्रवक्ताले बताएका छन् । शर्मा र उनको श्रीमान् दशकौँसम्म अमेरिका र हङकङममा बसेपछि सन् २०१६ मा भारत फर्किएका थिए । भारतमा निक्षेप बचतमा ब्याजदर  साढे छ प्रतिशतदेखि ६ प्रतिशतसम्म थियो ।  अमेरिकामा निक्षेपमा ब्याजदर निकै नगण्य छ भन्दै ती म्यानेजरले अमेरिकाबाट पैसा भारत पठाउन शर्मालाई फकाएका थिए । गुरु ग्राममा आईसीआईसीआई बैंकमा शर्माले एनआरई खाता खोलिन् अनि सन् २०१९ को सेप्टेम्बरदेखि पैसा पठाउन थालिन् । शर्माले सन् २०२३ को डिसेम्बरसम्ममा जीवनभर कमाएको १३ करोड ५० लाख भारु उक्त खातामा पठाएकी थिइन् । 

ब्याज समेत जम्मा भएर खाताको रम १६ करोड भारु भन्दा धेरै भएको थियो । बैंकमा आफूले गरेको हरेक निक्षेपको म्यानेजरले रसिद दिने गरेकोले खातामा भएको रकममा चलखेल भयो होला भनेर उनले कहिले सन्देह गरिनन् । जनवरीमा बैंकका नयाँ कर्मचारीले शर्माको निक्षेपमा बढी ब्याजदर दिन्छु भनेर भनेपछि खाताको सारा पैसा झ्वाम भएको मामिला सार्वजनिक भयो । त्यसपछि मात्रै शर्माले पनि आफ्नो सारा निक्षेप गायब भएको पत्तो पाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप