‘आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल’ चैतमा
काठमाडौँ । ‘आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’ को आठौँ संस्करण चैतमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिता चैत ३ देखि १० गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ नौ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैंक रहेको छ । नेपाल भलिबल संघ र राष्ट्रिय बाणिज्य बैंकले प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर पनि गरेका छन् । संघको तर्फबाट अध्यक्ष जितेन्द्रबहादुर चन्द र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यसअघि पनि राष्ट्रिय वाणिज्य बैंकले नै प्रतियोगितालाई प्रायोजन गर्दै आएको थियो । प्रायोजनवापत राष्ट्रिय वाणिज्य बैंकले भलिबल संघलाई १८ लाख रुपैयाँ उपलब्ध गराउने छ । प्रतियोगिताको दुबैतर्फको विजेताले पाँच–पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण