‘मोदीबेनी’मा अमर र वर्षा केमेस्ट्री
काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको रोमान्स रहने फिल्म हो ‘मोदीबेनी’ । केही अगाडि पहिलो चरणको छायांकन सकिएको फिल्मको दोस्रो चरणको छायांकन १६ फागुनबाट सुरु हुँदैछ । पर्वतको चित्रेबाट फिल्मको दोस्रो चरणको छायांकन सुरु हुने निर्माण युनिटले जनाकारी दियो ।
करिब चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मको कथा पर्वत जिल्लाको मोदीबेनी क्षेत्रकै हो । फिल्ममा अमरसँग आफ्नो केमेस्ट्री एकदमै राम्रो हुने अभिनेत्री वर्षाले बताइन् । ‘कार्यशालामा अमरको काम हेर्दा एकदम मेहनती र एक कलाकारमा हुनुपर्ने सबै गुण देखेकी छु’, वर्षाले भनिन् ।
अमरले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । अभिनेता अमरले आफ्नो मनपर्ने अभिनेत्री नै आफ्नो को–एक्टर भएको खुसी व्यक्त गरे । ‘आफ्नो फेवरेट अभिनेत्रीसँग डेब्यु गर्न पाउनु मेरो लागि अहोभाग्य हो’, अमरले भने–‘मेरो को–एक्टर मात्र नभएर सिनियरको पनि हो । केही सिक्ने आश पनि छ ।’ वर्षा र आफ्नो अन–स्क्रिन केमेस्ट्री जम्छ विश्वास अमरमा छ ।
शंकर कोइरालाले निर्देशन गर्न लागेको फिल्ममा अमर र वर्षाका अलावा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण