सहकारी र अनौपचारिक अर्थतन्त्रको प्रभाव बढ्दा समस्या आयो : गभर्नर अधिकारी
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले मुलुकको ठुलो अर्थतन्त्र सहकारी र अनौपचारिक क्षेत्रमा केन्द्रित बन्दा समस्या आएको बताए । सोमबार नेपाल बैंकर्स संघ (एनबीए) ले पछिल्लो समय बैंकिङ क्षेत्रले भोगिरहेको समस्याका बारेमा छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सहकारी र अनौपचारिक क्षेत्रको ठुलो आर्थिक गतिविधिले समस्या थपिएको बताए ।
‘मुख्यतः मुलुकको अर्थतन्त्र दुई वटा कारणले समस्यामा छ । पहिलो सहकारी र अर्को अनौपचारिक आर्थिक गतिविधि । हामीले मानेपनि नमाने पनि अहिले पनि ठुलो आर्थिक गतिविधिको हिस्सा सहकारीको क्षेत्रमा छ । धेरै आर्थिक कारोबार सहकारीमा केन्द्रित हुँदा अहिले समस्या आइरहेको छ’ गभर्नर अधिकारीले भने, ‘अहिलेको सहकारीको समस्या १० प्रतिशत मात्र ऋणीहरूको समस्या हल हुने हो भने बाँकी आफै ठिक भएर जान्छ । यसका लागि सरकारले नीति बनाएर सुधारमा केन्द्रित हुनुपर्छ ।’
यस्तै, नेपालको ठुलो आर्थिक हिस्सा अहिले पनि अनौपचारिक क्षेत्रमा नै केन्द्रित हुँदा यसले चुनौती थपेको उनले बताए ।
तथापि, आर्थिक सूचकहरूको बढ्दो सुधार, घट्दो मुद्रास्फीति (महँगी) ले अर्थतन्त्र बिस्तारै लिकमा आइरहेको उनले बताए । छिमेकी मुलुक भारत लगायत अन्य देशको अर्थतन्त्र क्रमशः सुधार उन्मुख रहेको अवस्थामा नेपालको समेत अर्थतन्त्र लयमा उकालो लागिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण