मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कमजोर स्थानीय तह

वित्तीय सुशासन कायम नगरेका १९९ पालिकाले विकास बजेट नपाउने !

यी हुन् मूल्याङ्कन नपरेका पालिकाहरू
सोमबार, १४ फागुन २०८०, १८ : ११
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । वित्तीय अनुशासन कायम नगरेका करिब दुई सय स्थानीय तहको विकास बजेट रोक्का हुने सम्भावना बढेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ७५३ मध्ये १९९ वटा स्थानीय तह नपरेकाले बजेट कटौती हुने देखिएको हो ।

मन्त्रालयका प्रवक्ता भट्टराईले एफआरएभित्र नपरेकाको हकमा समानीकरण हुने बजेट तलमाथि पर्ने बताए । ‘जुनजुन पालिकाको एफआरए भएको छैन, उनीहरूले वित्तीय सुशासन कायम नगरेको भनेर बुझिन्छ । बजेट पठाउँदा त्यही अनुसार मूल्याङ्कन गरेर सिफारिस गरिन्छ’ उनले रातोपाटीसित भने ।

जिल्ला समन्वय समितिमार्फत हरेक वर्ष मन्त्रालयले एफआए गर्दै आएको छ । यो वर्ष ५५४ वटा पालिकाको मात्र एफआरएको नतिजा प्रकाशन भएको छ ।

१०० नम्बरको मूल्याङ्कनमा यो पटक उच्चतम ९९ र न्यूनतम १६ अंक दिइएको छ । चितवनको खैरहनीले उच्चतम अंक र रौतहटको बौधीमाई नगरपालिकाले न्यूनतम अंक पाएका छन् । एफआरएमा परेका पालिकाहरूले यो पटक लेखांकन तथा प्रतिवेदनलाई विशेष जोड दिएका थिए भने अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण कम महत्त्व दिएका थिए ।

मन्त्रालयका अनुसार पालिकाको पृष्ठपोषण सहित जिल्ला समन्वय समितिबाट ५७० वटा पालिका प्रारम्भिक नतिजा निकालिएको थियो । तर सबै प्रक्रिया पुरा गरेका ५५४ वटा पालिकाको मात्र अन्तिम नतिजा मन्त्रालयले प्रकाशन गरेको हो । 

पालिकाहरूलाई योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१ अंक, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २९ अंक, लेखांकन तथा प्रतिवेदनमा १७ अंक, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १६ अंक र राजश्व व्यवस्थापनमा १७ अंक गरी १०० अंक पूर्णाङ्क तोकिएको थियो । त्यसबाट चितवनको खैरहनी नगरपालिका, इलामको देउमाई नगरपालिका, सिन्धुलीको मरिण गाउँपालिका, सल्यानको कपुरकोट गाउँपालिका, गुल्मीको रुरु गाउँपालिका, इलामको सूर्योदय नगरपालिका, दैलेखको भगवतीमाई गाउँपालिका, दाङको राप्ती गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र गुल्मीको धुर्कोट गाउँपालिकाले अधिकतम नजिता प्राप्त गरेका छन् । प्रवक्ता भट्टराईका अनुसार १०० पूणांकमा खैरहनीले ९९, देउमाइले ९८.५, मरिणले ९७.५, कपुरकोटले ९७, रुरुले ९५.५, सूर्योदयले ९५.५, भगवतीमाईले ९५, मेलम्चीले ९४.५ र धुर्कोटले ९४.५ अंक ल्याएका छन् । 

न्यूनतम अंक प्राप्त गर्नेमा १० वटा पालिकामा रौतहटको बौधीमाई नगरपालिका, धादिङको रुबी भ्याली गाउँपालिका, बाराको सिम्रौनगढ नगरपालिका, लमजुङको दुधपोखरी गाउँपालिका, रौतहटको फतुवा विजयपुर नगरपालिका, रौतहटकै परोहा नगरपालिका, डोटीको बडीकेदार गाउँपालिका, बाराको फेटा गाउँपालिका, बाराकै सुवर्ण गाउँपालिका र स्याङ्जाको चापाकोट गाउँपालिका रहेका छन् । १०० पूर्णांकमा बौधीमाईले १६, रुवी भ्यालीले १७, सिम्रौनगढले १७, दुधपोखरीले १७.५, फतुवा विजयपुरले १७.५, बडीकेदारले १८.५, फेटाले १९.५, परोहाले २०.५, सुवर्णले २१.५ र चापाकोटले २४ अंक प्राप्त गरेका छन् । 

स्थानीय तहमा अनियमितता हुने गरेको गुनासा पहिचान गर्न यो मूल्याङ्कन पद्धति अपनाइएको हो । ‘विकास बजेट अनुसार काम गर्दा उनीहरू वित्तीय सुशासन जोखिममा छन् वा छैनन् त्यो पनि थाहा हुन्छ । नतिजाका आधारमा उनीहरूलाई बजेट पठाउँछौँ’ प्रवक्ता भट्टराईले भने । 

एफआरएमा परेका र नपरेका पालिकाको आ–आफ्नै तर्क छन् । अधिकतम अंक हासिल गरेको चितवनस्थित खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटाले नागरिकप्रति जबाफदेही भएर काम गर्दाको परिणाम आएको बताए । ‘हामीले पालिकाको अडिटसँगै राजश्व व्यवस्थापन लगायतका काम संवेदनशील भएर गरेकै कारण उत्कृष्ट भित्र परेका हौँ’ उनले भने ।

एफआरएमा नपरेका रौतहटस्थित चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले भने यसअघिका प्रमुख प्रशासकीय अधिकृतले पालिकालाई मूल्याङ्कनमा नपारेको आरोप लगाए र

‘अघिल्ला अधिकृतले गर्नुपर्ने थियो, गरेनन् जस्तो लाग्यो । नियमित पाउने बजेट कार्य मूल्यांकनको आधारमा पाउँछौँ । बजेट नै रोकिने भन्ने हुँदैन’ उनको बुझाई छ ।

यी हुन् मूल्याङ्कन नपरेका पालिकाहरू

ताप्लेजुङ – आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मिम्वाखोला गाउँपालिका, फक्ताङ्लुङ्ग गाउँपालिका, फुङ्लिङ्ग गाउँपालिका, याङवरक गाउँपालिका

पाँचथर – फालेलुङ्ग गाउँपालिका, फाल्गुननन्द गाउँपालिका, हिलिहाङ्ग गाउँपालिका, कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका, तुम्बेवा गाउँपालिका, याङवरक गाउँपालिका

इलाम – चुलाचुली गाउँपालिका, इलाम नगरपालिका, 

माई नगरपालिका, माई जोगमाई गाउँपालिका, 

माङसेबुङ गाउँपालिका

झापा – बाह्रदशी गाउँपालिका, दमक नगरपालिका, गौरिगञ्ज गाउँपालिका, कचनकवल गाउँपालिका, 

कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका

मोरङ – बेलबारी नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिका, मिक्लाजुङ्ग गाउँपालिका, रंगेली नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, सुनवर्षी नगरपालिका

तेह्रथुम – आठराई गाउँपालिका, छथर गाउँपालिका

लालीगुराँस नगरपालिका, मेन्छयायेम गाउँपालिका, 

म्याङ्गलुङ्ग नगरपालिका, फेदाप गाउँपालिका

संखुवासभा– भोटखोला गाउँपालिका, चैनपुर नगरपालिका, चिचिला गाउँपालिका, धर्मदेवी नगरपालिका, खाँदबारी नगरपालिका, मादी नगरपालिका, मकालु गाउँपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, सिलीचोङ गाउँपालिका

भोजपुर – आमचोक गाउँपालिका, भोजपुर नगरपालिका, हतुवागढी गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका, ट्याम्के मैयुम गाउँपालिका

सोलखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका, दुधकोशी गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका, लिखु पिके गाउँपालिका, माहाकुलुङ गाउँपालिका, नेचासल्यान गाउँपालिका, सोताङ गाउँपालिका

ओखलढुंगा – चम्पादेवी गाउँपालिका, लिखु गाउँपालिका

खोटाङ – ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउँपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, लामिडाँडा गाउँपालिका, साकेला गाउँपालिका

उदयपुर– त्रियुगा नगरपालिका

सप्तरी – अग्निसाइर कृष्ण सवरन गाउँपालिका, बलान बिहुल गाउँपालिका, राजगढ गाउपालिका, बिष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, खडक नगरपालिका, महादेवा गाउँपालिका, राजविराज नगरपालिका, रुपनी गाउँपालिका, सप्तकोशी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, तिरहुत गाउँपालिका

सिरहा – अर्नमा गाउँपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, 

गोलबजार नगरपालिका, कल्याणपुर नगरपालिका, कर्जन्हा नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नवराजपुर गाउँपालिका, सखुवानान्कारकट्टी गाउँपालिका, सिराहा नगरपालिका, सुखीपुर नगरपालिका

धनुषा – औरही गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, धनौजी गाउँपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, हंसपुर नगरपालिका, कमला नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, सबैला नगरपालिका, शहीद नगर नगरपालिका

महोत्तरी – भँगाहा नगरपालिका, जलेश्वर नगरपालिका, लोहरपट्टी नगरपालिका, महोत्तरी गाउँपालिका, सोनमा गाउँपालिका

सर्लाही – चक्रघट्टा गाउँपालिका, धनकौल गाउँपालिका, गोडैटा नगरपालिका हरिपुर्वा नगरपालिका, ईश्वरपुर नगरपालिका, कविलासी नगरपालिका, कौडेना गाउँपालिका, पर्सा गाउँपालिका, रामनगर गाउँपालिका

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका

काठमाडौँ – काठमाडौँ महानगरपालिका

रौतहट – वृन्दावन नगरपालिका, चन्द्रपुर नगरपालिका,  देवाही गोनाही नगरपालिका, गढीमाई नगरपालिका, गरुडा नगरपालिका, गुजरा नगरपालिका, कटहरिया नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका, यमुनामाई गाउँपालिका

पर्सा – वीरगन्ज महानगरपालिका, धोबीनी गाउँपालिका,

जिराभवानी गाउँपालिका, कालिकामाई गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, ठोरी गाउँपालिका

चितवन – राप्ती नगरपालिका

गोरखा – आरुघाट गाउँपालिका, अजिरकोट गाउँपालिका, भिमसेन गाउँपालिका, धार्चे गाउँपालिका, पालुङ्गटार नगरपालिका, शहीद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका

लमजुङ – वेसीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका, मर्स्याङ्दी गाउँपालिका

तनहुँ – बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, 

घिरिङ्ग गाउँपालिका, ऋषिङ्ग गाउँपालिका, शुक्लागण्डकी नगरपालिका

स्याङ्जा – आँधिखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, फेदीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका

कास्की – अन्नपूर्ण गाउँपालिका

मुस्ताङ – बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका

म्याग्दी –  अन्नपूर्ण गाउँपालिका, धवलागिरी गाउँपालिका,

रघुगंगा गाउँपालिका

रुपन्देही – कन्चन गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, ओमसतिया गाउँपालिका

कपिल्वस्तु – शुद्धोधन गाउँपालिका

प्युठान – मल्लरानी गाउँपालिका, नौबहिनी गाउँपालिका, प्युठान नगरपालिका

रोल्पा – परिवर्तन गाउँपालिका, रुन्टीगढी गाउँपालिका, गंगादेव गाउँपालिका, थबाङ्ग गाउँपालिका, रोल्पा नगरपालिका

पश्चिम रुकुम – बाँफिकोट गाउँपालिका

दाङ – दंगीशरण गाउँपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका

बाँके – डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका

सुर्खेत – बीरेन्द्रनगर नगरपालिका

डोल्पा – डोल्पो बुद्ध गाउँपालिका

कञ्चनपुर – बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका, भिमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका

नवलपरासी पूर्व – बुलिङ्गटार गाउँपालिका, बुङ्दीकाली गाउँपालिका, कावासोती नगरपालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप