बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

अर्थ र कृषिमन्त्रीलाई बोलाएर प्रधानमन्त्रीले भने, ‘किसानहरूको दुधको भुक्तानी तुरुन्तै दिनुहोस्’

सोमबार, १४ फागुन २०८०, २० : १२
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । दुग्ध विकास संस्थानले दुध खरिद गरेबापत किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।  सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई बोलाएर दुग्ध किसानहरूको दुधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । 

सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरुन्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन दिए। प्रधानमन्त्रीले भने, ‘किसानहरूले महिनौंसम्म दुधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप