मगर दिवसमा तनहुँका ८ पालिकाले दिए सार्वजनिक बिदा
सोमबार, १४ फागुन २०८०, २१ : ०६

पोखरा । मगर दिवसको अवसरमा मगर बाहुल्य पालिकाहरूले सार्वजनिक बिदा घोषणा गरेका छन् । तनहुँका ८ पालिकामा बिदा घोषणा गरिएको हो । मङ्गलवार ४२ औँ मगर स्थापना दिवस मनाइँदै छ ।
तनहुँका शुक्ल गण्डकी, भीमाद र भानु नगरपालिका तथा म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर र देवघाट गाउँपालिकाले बिदा घोषणा गरेका हुन् । उनीहरुले कार्यपालिका बैठकबाट बिदाको निर्णय गरेका हुन् ।
स्थानीय तहका कार्यालय, वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, बैैंक, वित्तीय संस्था, निजी सङ्घसंस्था र सबै विद्यालयमा बिदा हुने प्रमुख प्रशासकीय अधिकृतहरूले बताएका छन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङघाली परिवार संघको पहिलो महाधिवेशन भएको दिनलाई मगर स्थापना दिवसको रूपमा मनाउन थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात व्यवस्था विभागको अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाई बन्द
-
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाई सुरुवात
-
ओलीको व्याख्या : जेन–जीले चलाउने सबै व्यवसाय स्टार्टअप
-
कार्यक्रम दोहोरिएकोबारे प्रधानमन्त्री ओलीको यस्तो जवाफ
-
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
-
सगरमाथा संवादको व्यापक प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयको निर्देशन