रानाथारु समुदायमा एक महिनाअघि सुरु भयो, सांस्कृतिक पर्व ‘होरी’
धनगढी । यसपालि फागु पूर्णिमा आउने चैत ११ र १२ गते परेको छ । फागु पूर्णिमामा हामीकहाँ विभिन्न जाति तथा समुदायले होली पर्व मनाउने गर्छन् । सुदूरपश्चिम प्रदेशका रानाथारु जातिले भने एक महिना अघि माघशुक्ल पूर्णिमा (१२ फागुन)को दिनदेखि होरी मनाउन थाल्छन् । प्रदेशको कैलाली तथा कञ्चनपुर जिल्लाका र भारतका रानाथारु जातिले पूरा एक महिना (माघ शुक्ल पूर्णिमादेखि फागुन शुक्ल पूर्णिमासम्म) होरी मनाउने गर्छन् ।
धनगढी उपमहानगरपालिका–७ देवहरियाका बुद्धिजीवी तथा शिक्षक नन्दलाल रानाका अनुसार, माघ पूर्णिमाको राति गाउँको दक्षिणी सिमानामा पूजापाठ गरेर होरी सुरु हुन्छ । ‘त्यहाँ सातवटा कन्डा (गुइँठा) छाडेपछि होरीको सुरुवात हुन्छ,’ उनी भन्छन्, ‘फागुन शुक्ल पूर्णिमा नआउन्जेलसम्मको एक महिना प्रत्येक रात घर–घरमा गई होरीसम्बन्धी गीत गाउने र सामूहिक रूपमा नाच्ने प्रचलन छ ।’
उनका अनुसार, यसरी विधिवत सुरुवात भएको एक महिनापछि पनि विधिवत रूपमै होरीको समापन गरिन्छ । गाउँको दक्षिणी सिमानामा एक महिना पहिल्यै छाडिएको गुइँठालाई फागुन शुक्ल पूर्णिमाको राति पराल र तोरीको पिजाइसहित जलाइन्छ । ‘दैत्य हिरण्यकश्यपकी बहिनी होलिकाको प्रतीक मानी गुइँठालगायत वस्तुहरूलाई विधिपूर्वक पूजापाठ गरी जलाइने प्रचलन छ,’ उनले भने ।

रानाथारु समुदायभित्रै पनि होरी मान्ने विधिमा भिन्नता पाइन्छ । धनगढी–७ देवहरियाकी ७७ वर्षीया करुवा देवी रानाका अनुसार, रानाथारु समुदायले एक महिना आठ दिनसम्म होरी मनाउँछन् । जस अनुसार फागु पूर्णिमापछिको एक दिन मात्रै रङ–अबिर खेल्ने गरिन्छ । ‘होरीको अन्तिम दिन बिहानै सबै गाउँलेहरू खकडेहरा (माटोको डल्ला)लाई सिन्कामा उनेर गाउँको दक्षिणी सिमानामा भेला हुन्छन्,’ उनी भन्छिन्, ‘गाउँको भर्रा (पूजारी)ले विधिवत रूपमा पूजापाठ गरिसकेपछि ती खकडेहरालाई फुटाएर होरीको विधिवत विर्सजन गरिन्छ ।’
- उत्साह घट्दो
होरीको विधिवत सुरुपछि रानाथारु समुदायमा पनि एकखालको उत्साह सुरु हुन्थ्यो । पछिल्लो समय भने यस्तो उत्साह घट्दै गएको छ । होरीको विधिवत सुरुवात गरे पनि अचेल होरीनाच नाच्न छाडिएको नन्दलाल राना बताउँछन् । उनका अनुसार, पछिल्लो समय युवायुवतीमा बढ्दै गएको व्यस्तता, होरी नाचमा बजाइने वाद्य सामग्री बनाउने र बजाउने व्यक्तिको अभाव लगायत कारणले उत्साहमा ह्रास आउन थालेको रानाको भनाइ छ ।
सुदूरपश्चिम सरकारले होरीको अन्तिम दिन अर्थात् खकडेहरा फुटाइने दिन सार्वजनिक बिदा दिँदै आएको हो । यसपालि चैत १९ गते बिदा दिने निर्णय प्रदेश सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण