जागिर खोज्ने प्लेटफर्म बन्ला एलन मस्कको एक्स ?
क्यालिफोर्निया । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले निकै पहिलादेखि नै यसलाई सुपर एप बनाउने सपना देखेका थिए । मस्कले ट्विटर किन्नु अघि यो एपमा प्रयोगकर्ताहरूले केही शब्दमा आफ्ना धारणा मात्रै पोस्ट गर्न सक्थे ।
मस्कसँग एक्सलाई लिएर ठुला ठुला योजना छ । मस्कले एक्सलाई विस्तारै जागिर खोज्ने मञ्चको रुपमा परिणत गर्न खोजिरहेका छन् । एक्समा रहेका १० लाख भन्दा धेरै कम्पनीहरूले नयाँ कर्मचारी भर्ना गर्न खोजिरहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार एक्समा विविध उद्योगमा १० लाख जागिर लाइभ छ । तर कुन देशमा सबैभन्दा धेरै जागिर छ भन्ने डिटेल चाहिँ दिइएको छैन । एक्सको हायरिङ ह्यान्डलमा करिब १० लाख जागिरको पोस्ट लाइभ रहेको भन्दै हायरिङले एउटा पोस्टमा भनेको थियो ।
यो पोस्टलाई मस्कले रिपोष्ट गरेका थिए । ‘एआई, वित्तीय सेवा समेत कयौँ क्षेत्रका कम्पनीहरूले हरेक दिन एक्स हायरिङमार्फत आफूलाई चाहिने योग्य कर्मचारी पाइरहेका छन् ,’ पोस्टमा भनिएको छ । एक्सहायरिङमा एउटा लिंक दिइएको छ । सो लिंकमा क्लिक गरेपछि नयाँ पेज खुल्छ । एक्स जब सर्च नामक यो पेजमा किवर्ड र लोकेसन रोजेर जागिर खोज्न सकिनेछ ।
जागिर खोज्ने बाहेक एक्स युजरलाई सजिलैसँग अडियो र भिडियो कल गर्ने सुविधा पनि छ । तर यो सेवा ब्लु सब्सक्रिप्शन भएकालाई मात्रै उपलब्ध छ । एक्सले यो फिचर पहिलो आईओएस प्रयोगकर्ताहरूलाई मात्रै दिइएको थियो । पछि एन्ड्रोइड प्रयोगकर्ताहरूलाई पनि यो सेवा दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण