आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जागिर खोज्ने प्लेटफर्म बन्ला एलन मस्कको एक्स ?

मङ्गलबार, १५ फागुन २०८०, १४ : ०५
मङ्गलबार, १५ फागुन २०८०

क्यालिफोर्निया । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले निकै पहिलादेखि नै यसलाई सुपर एप बनाउने सपना देखेका थिए । मस्कले ट्विटर किन्नु अघि यो एपमा प्रयोगकर्ताहरूले केही शब्दमा आफ्ना धारणा मात्रै पोस्ट गर्न सक्थे ।

मस्कसँग एक्सलाई लिएर ठुला ठुला योजना छ । मस्कले एक्सलाई विस्तारै जागिर खोज्ने मञ्चको रुपमा परिणत गर्न खोजिरहेका छन् । एक्समा रहेका १० लाख भन्दा धेरै कम्पनीहरूले नयाँ कर्मचारी भर्ना गर्न खोजिरहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार एक्समा विविध उद्योगमा १० लाख जागिर लाइभ छ । तर कुन देशमा सबैभन्दा धेरै जागिर छ भन्ने डिटेल चाहिँ दिइएको छैन । एक्सको हायरिङ ह्यान्डलमा करिब १० लाख जागिरको पोस्ट लाइभ रहेको भन्दै हायरिङले एउटा पोस्टमा भनेको थियो ।

यो पोस्टलाई मस्कले रिपोष्ट गरेका थिए । ‘एआई, वित्तीय सेवा समेत कयौँ क्षेत्रका कम्पनीहरूले हरेक दिन एक्स हायरिङमार्फत आफूलाई चाहिने योग्य कर्मचारी पाइरहेका छन् ,’ पोस्टमा भनिएको छ । एक्सहायरिङमा एउटा लिंक दिइएको छ । सो लिंकमा क्लिक गरेपछि नयाँ पेज खुल्छ । एक्स जब सर्च नामक यो पेजमा किवर्ड र लोकेसन रोजेर जागिर खोज्न सकिनेछ ।

जागिर खोज्ने बाहेक एक्स युजरलाई सजिलैसँग अडियो र भिडियो कल गर्ने सुविधा पनि छ । तर यो सेवा ब्लु सब्सक्रिप्शन भएकालाई मात्रै उपलब्ध छ । एक्सले यो फिचर पहिलो आईओएस प्रयोगकर्ताहरूलाई मात्रै दिइएको थियो । पछि एन्ड्रोइड प्रयोगकर्ताहरूलाई पनि यो सेवा दिइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप