मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सामुदायिक लघुवित्त र बीपीडब्लूले फागुन २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

मङ्गलबार, १५ फागुन २०८०, १७ : १८
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

 दुई कम्पनीको प्रस्ताव बीपीडब्लू लघुवित्त सामुदायिक लघुवित्तमा गाभिने (एक्विजिसन) मा जाने गरी केन्द्रीय बैंकसँग माग गरिएकोमा बैंकले अन्तिम स्वीकृति दिएको हो ।

दुई कम्पनी एक भए पश्चात् ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट सञ्चालन गरी २०८० फागुन २४ गतेदेखि एकीकृत कारोबारमा जाने भएका हुन् । 

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९)’ को विनियम ११ को उप–विनियम (७) बमोजिम दुई संस्था मर्जरमा जान लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप