सामुदायिक लघुवित्त र बीपीडब्लूले फागुन २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
मङ्गलबार, १५ फागुन २०८०, १७ : १८
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
दुई कम्पनीको प्रस्ताव बीपीडब्लू लघुवित्त सामुदायिक लघुवित्तमा गाभिने (एक्विजिसन) मा जाने गरी केन्द्रीय बैंकसँग माग गरिएकोमा बैंकले अन्तिम स्वीकृति दिएको हो ।
दुई कम्पनी एक भए पश्चात् ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट सञ्चालन गरी २०८० फागुन २४ गतेदेखि एकीकृत कारोबारमा जाने भएका हुन् ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९)’ को विनियम ११ को उप–विनियम (७) बमोजिम दुई संस्था मर्जरमा जान लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण