आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीले संसद् भवन छिर्न नदिएपछि पूर्वसभामुख ढुंगानाले भने– पक्राउ परेजस्तो अनुभूति भयो

मङ्गलबार, १५ फागुन २०८०, २२ : १९
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद् भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।  

मंगलवार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वसभामुख ढुंगानालाई अतिथिको रुपमा बोलाएको थियो । कार्यक्रम हुने स्थान सिंहदरबारस्थित कृषि समितिको सभाकक्ष थियो । तर ढुंगानालाई कार्यक्रम संसद् भवनमा हुने सोचसहित नयाँ बानेश्वर पुगे । नयाँ बानेश्वर पुगेपछि प्रहरीले भित्र छिर्न नदिएर यो र त्यो गेटमा जानुस् भनेर फनफनी घुमाएको उनले बताए । उनले प्रहरीले आफूलाई घेरेको र निस्किन पाउँछु कि पाउँदिन भन्ने आफूलाई महशुस भएको बताए । उनले अघिल्लो पटक संसद् विघटन हुँदा एउटा सार्वजनिक कार्यक्रममा बोलेको आधारमा मुद्दा खेपिरहेको पनि कार्यक्रममा उनले जानकारी गराए  । उनले तेस्रो पटक आफूलाई राज्यले कस्तो व्यवहार गर्ला भन्नेमा पनि त्रास रहेको बताए ।

सिंहदरबारस्थित कार्यक्रममा पुगेर सम्बोधन गर्ने क्रममा उनले भने,‘ मलाई अलिकति त्रास पनि छ ।  संसदमाअघि नै उता माथि पुगेछु । त्यहाँ यता दुई नम्बर गेटमा जा भन्छ । तीन नम्बर गेटमा जा भन्छ । प्रहरीले घेरेको घेरेकै छन् । त्यहाँबाट निस्किन पाउँछु कि पाउँदिन यसपाली त पक्राउ नै परेँ कि जस्तो पनि भयो मलाई ।’

सोमवार(हिजो) प्रतिनिधि सभा बैठक चलिरहेको बेलामा लघुवित्त पीडितहरु संसद् भवन प्रवेश गरेर नाराबाजी गरेसँगै संघीय संसद् भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद् भवन परिसर बाहिरको सडक पेटीमा समेत तारबार गरेर निषेधित क्षेत्र तोकिएको छ ।

कार्यक्रम आयोजक संस्था सभासद् मञ्च नेपालकी अध्यक्ष कल्पना धमलाले पूर्वसभामुख जस्तो व्यक्तिलाई समेत सिंहदरबार (पूर्व सभामुखलाई छिर्न नदिइएको स्थान भने संसद् भवन नयाँ बानेश्वर हो) छिर्न गाह्रो परेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले पूर्वसभामुख तथा संविधान सभा सदस्य र सांसदहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप