खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै
बुधबार, १६ फागुन २०८०, १२ : १९

डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिएको खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका हुन् ।
खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ विदेशी र आठ सय ६५ स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् ।
आव २०७७–७८ मा तीन विदेशी र एक हजार छ सय ८५ नेपालीले तथा २०७८–७९ मा १९ विदेशी, तीन सार्क राष्ट्रका र दुई हजार एक सय ८७ नेपालीले खप्तडको भ्रमण गरेका निकुञ्ज कार्यालयले जनाएको छ । आव २०७९र८० मा दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायलको ताजा हमलामा कम्तिमा ४० भन्दा धेरैको मृत्यु
-
राजस्थान रोयल्सको अप्रत्यासित निर्णय, रियान परागलाई बनायो कप्तान
-
इपीजी प्रतिवेदन नेपालले नबुझ्ने भनेको छैन : प्रधानमन्त्री
-
‘आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक भनेर घोषणा गरिएको छ’
-
यसरी मनाइयो मुख स्वास्थ्य दिवस
-
गौतम बुद्ध विमानस्थल दिगो सञ्चालनका कार्ययोजना बनिरहेको छ : प्रधानमन्त्री