संघीय निजामतीसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्ने अन्तिम तयारीमा छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा ऐनको विधेयक सदनमा प्रस्तुत गर्ने अन्तिम तयारी रहेको जानकारी गराएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन ।
प्रचण्डले संघीयता कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको विवाद क्षेत्र, दोहोरोपना हटाउन सरकार लागिपरेको बताए । उनले राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्नका लागि सरकार गम्भीर रहेको र ती आयोजनामा समस्या देखिएमा समाधानका लागि तयार रहेको उल्लेख गरे। सरकारले आगामी वैशाखमा लगानी सम्मेलनको तयारी गरेको जानकारी गराए ।
बुढीगण्डकी जलविद्युत आयोजनाका लागि स्वदेशी स्रोत जुटाउने काम भइरहेको र मुआब्जा वितरण अन्तिम चरणमा पुगेको बताए । फास्ट ट्र्याक को सुरु विन्दु खोकनामा जग्गा प्राप्तिमा भइरहेको समस्या समाधान गर्न सरकार लागि परेको बताउँदै त्यसका लागि नेपाली सेनाले पनि भूमिका खेलिरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले संसद् र संसदीय समितिलाई बजेट कम भएको गुनासो आएकोले बजेटको अभावमा काम गर्न नसक्ने अवस्थाको अन्त्य गर्न आफूले अर्थ मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको संक्षिप्त आदेश (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण