राजेन्द्र महतोको छेउछाउ जसपाका नेता !
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) छाडेर राष्ट्रिय मुक्ति क्रान्तिका लागि भन्दै अभियान सुरु गरेका राजेन्द्र महतो वरिपरी जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता राखेर प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।
आफ्ना छेउछाउ जसपाका नेता राखेको तस्बिर उनले आफ्नै फेसबुकबाट सार्वजनिक गरेका छन् । उनले जसपाका केन्द्रीय सदस्यहरू रामबच्चन यादव, ओमप्रकाश यादव (गुल्जारी) र ओमप्रकाश यादव, रामनरेश राय यादवलाई आफ्नो साथमा राखेका छन् ।
जसपा लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष रामअवतार यादवका अनुसार ओमप्रकाश यादव (गुल्जारी)ले केन्द्रीय सदस्यबाट राजीनामा दिइसकेका छन् । रामबच्चन यादव र ओमप्रकाश यादव अझै पार्टीमा छन् । यद्यपि दुवै जना अहिले राजेन्द्र महतोले सुरु गरेको अभियानमा सरिक भएका छन् । महतोले तीन दिनदेखि राजधानीमा प्रशिक्षण कार्यक्रम चलाउँदै आएका छन् भने उनीहरु पनि त्यहाँ सहभागी भएका हुन् ।
जसपाबाट लोसपा अलग हुँदा रामनरेश राय यादवले जसपामा उपेन्द्र यादवलाई साथ दिएका थिए । तर २०७९ को प्रदेश सभा चुनावमा टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यद्यपि उनी पराजित भएका थिए । त्यसपछि उनी पार्टीमा निष्क्रिय थिए । अहिले उनी राजेन्द्र महतोले सुरु गरेको अभियानमा सरिक भएका छन् ।
महतोले नयाँ पार्टी बनाउने तयारी गरिरहेका छन् । वैशाख, जेठमा नयाँ पार्टीको घोषणा हुने नेता महतो निकट नेताहरू बताउँछन् ।
आफ्नो पार्टीमा उनले जसपामा रहेका असन्तुष्ट नेताहरूलाई तान्ने प्रयास गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण