रुसी तेल बोकेको ट्याङ्करमाथि अमेरिकाले लगायो प्रतिबन्ध
नयाँ दिल्ली । सन् २०२२ को फेब्रुअरीको अन्त्यतिर रुसले युक्रेनमाथि आक्रमण गरेयता भारतले ठुलो मात्रामा छूट मूल्यमा रुसी तेल किनिरहेको छ । पछिल्ला केही महिनामा तेल खरिद केही सुस्ताएको भए पनि रुसबाट कच्चा तेल भारत भित्रिने क्रम रोकिएको छैन । आगामी केही हप्तामा रुसी तेल भरिएको ट्याङ्करहरू भारत आइपुग्दै थियो । तर अमेरिकाले यी मध्ये तीन वटा ट्याङ्करमा प्रतिबन्ध लगाइदिएको छ ।
भारतको अंग्रेजी समाचार साइट इन्डियन एक्सप्रेसमा छापिएको समाचारका अनुसार आगामी केही हप्ताभित्र भारतीय तेल प्रशोधन कम्पनीका लागि रुसी कच्चा तेल ल्याइ पुर्याउन लागेका ट्यांकरहरूमध्ये तीन वटा ट्यांकर अमेरिकाको प्रतिबन्धमा परेका छन् । पश्चिमी देशहरूले रुसी तेलमाथि लगाएको मूल्य सीमा भन्दा बढी मूल्यमा तेल ओसारिरहेको भेट्टाएपछि अमेरिकाले गएको शुक्रबार १४ ओटा रुसी तेल ट्यांकरलाई कालोसूचीमा राखेको थियो ।
पश्चिमी देशहरूले रुसी कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर तोकेका छन् । एउटा ट्याङ्कर यही हप्ता सिक्का बन्दरगाह आइपुग्ने बताइएको छ । अर्को ट्याङ्कर अप्रिलमा सिक्का बन्दरगाहमा आइपुग्नेछ । तेस्रो ट्यांकर भने मार्च र अप्रिलको बिचमा वाडिनार बन्दरगाह आइपुग्ने बताइएको छ । अमेरिकाले कालो सूचिमा परेको ट्याङ्करलाई ४५ दिनभित्र तेल निर्यातको अनुमति दिएको छ । त्यसैले यो प्रतिबन्धले भारतलाई खासै असर नपर्ने विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण