श्रीमान् अर्बपति र ज्वाइँ प्रधानमन्त्री, तर ३० वर्षदेखि एउटै सारी नकिनेकी यी महिला
नयाँ दिल्ली । भारतमा डलर अर्बपति व्यापारी र उद्योगीहरूको कुनै कमी छैन । अधिकांश धनाढ्यहरू शानदार र खर्चालु जीवनयापनका लागि चिनिन्छन् । उनीहरूको घर अनि कारको मूल्य र दैनिक खर्च सुन्दा सर्वसाधारणको टाउको घुम्छ । अर्बौँ र खर्बौँमा खेल्ने यी धनाढ्य आफ्नो रहनसहनमा हरेक महिना लाखौँ खर्च गर्छन् । तर, केही डलर अर्बपतिहरू यस्ता पनि छन् जो ग्ल्यामरस जीवनको चमकधमकबाट कोसौँ दूर छन् ।
हो, यहाँ त्यस्तै डलर अर्बपति एक दम्पत्तिको चर्चा गरिँदैछ, जो देशका अग्रणी उद्योगपति भएर पनि पत्याइ नसक्नुको सादा जीवन बिताउँछन् । यी अर्बपति जोडी अरु कोही होइन, आईटी कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्ति र उनकी पत्नी सुधा मूर्ति हुन् ।
अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार यस जोडीको कुल सम्पत्ति ४ अर्ब ४० करोड अमेरिकी डलर अर्थात् करीब ३ खर्ब ६६ अर्ब ९० करोड भारतीय रुपयाँ रहेको छ । तर यिनीहरू सादा जीवनयापन गर्न मन पराउँछन् ।
डलर अर्बपति नारायण मूर्तिले पत्नी सुधा मूर्तिका लागि विगत ३० वर्षमा एक थान साडी पनि किनिदिएका छैनन् । यी धनाढ्यको श्रीमती पनि झन्डै ७ अर्ब ७५ करोड भारु सम्पत्तिको मालिक्नी हुन् । यिनी जहाँ जहिले पनि सामान्य खालको साडीमा देखिन्छिन् । सुधा मूर्तिको पति नारायण मूर्ति सादा जीवन बिताउने अर्बपति भनेर चर्चित छन् ।
डीएनएमा छापिएको खबरका अनुसार सुधा मूर्तिले तीन दशकमा एउटै नयाँ साडी किनेकी छैनन् । अर्बौँको सम्पत्ति भएकी महिलाबारे यो कुरा सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । यसको पछाडि आध्यात्मिक विश्वास रहेको तर्क सुधा मूर्तिको छ । काशी भ्रमणको क्रममा सुधाले आफूलाई धेरै प्यारो कुरा त्याग्ने निर्णय गरेकी थिइन् । सुधालाई सबैभन्दा धेरै सारी मन पर्थ्यो । त्यसपछि उनले जिन्दगीमा कहिले नयाँ साडी किनिनन् ।
सुधा मूर्ति विशेषतः बहिनी, नजिकका साथीभाइ र गैरसरकारी संस्थाहरूबाट उपहारमा पाएका साडीहरू लगाउँछिन् । सुधाकी छोरी अक्षता बेलायतकी प्रधानमन्त्री ऋषि सुनककी पत्नी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दसैँमा मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बिक्री
-
नेपाली र अमेरिकी समलिङ्गी पुरुषबिच पहिलो पटक विवाह दर्ता
-
जम्मू कश्मीर चुनावको नतिजा : नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत
-
कोलकाताको आरजी कर मेडिकल कलेजका वरिष्ठ चिकित्सकद्वारा सामूहिक राजीनामा
-
जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !
-
कांग्रेसको खेलकुद विभागमा १० सदस्य मनोनयन