चितवनमा छात्रा मृत्यु प्रकरणमा प्रिन्सिपलसहित ३ जना पक्राउ
काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा छात्राको शंकास्पद मृत्यु भएको छ । कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल शनिवार मृत भेटिएकी हुन् ।
झुण्डेको अवस्थामा खबर आएपछि घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले रातोपाटीलाई बताए । डीएसपी भण्डारी भन्छन्,‘घटनामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’
प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् । बुवा र आमा सम्बन्ध बिच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् । उनी पछिल्लो समय रत्ननगर–१५ स्थित माधवपुरमा रहेको मामाघरमा बस्थिन् ।
डोरी लगाएर पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । पक्राउ गरिएकाहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको डीएसपी भण्डारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण