घानामा समलिङ्गीविरोधी विधेयक पारित
जोहानेस्बर्ग । घानाको संसद्ले बुधबार सर्वसम्मत रूपमा समलैंगिकता विरोधी विवादास्पद विधेयक पारित गरेको छ । यतिबेला अन्तर्राष्ट्रिय जगतमा यो विधेयकको निकै आलोचना भइरहेको छ ।
‘तीन वर्षको लामो अवधिपछि अन्ततः हामीले मानव यौन अधिकार र पारिवारिक मूल्य ऐन पारित गरेका छौँ ।’ विधेयकका मुख्य पक्षधरमध्ये एक साम जर्जले एक्समा एउटा पोस्टमा भनेका थिए । विधेयक सन् २०२१ मा पहिलो पटक संसद्मा पेस गरिएको थियो । यसले समलैंगिक सम्बन्ध राख्नुलाई अपराध घोषित गरेको छ । यो विधेयकले एलजीबीटीक्यू अधिकारलाई समर्थन गर्नेलाई समेत अपराधी घोषित गरेको छ ।
अफ्रिकी देशहरूले समलिङ्गी सम्बन्धलाई व्यापक रूपमा अपराधीकरण गरेको छ । उपनिवेशकालीन कानुनका कारण यी देशहरूमा समलिङ्गी सम्बन्ध प्रतिबन्धित छन् । घानाको संसद्ले पारित गरेको यो विधेयक कानुन बन्नु अघि त्यहाँका राष्ट्रपतिले यसमा हस्ताक्षर गर्नु पर्नेछ । सीएनएनले हालै गरेको एउटा खोज अनुसन्धानमा भने अमेरिकी गैरनाफामूलक संस्था र उक्त कानुनका पक्षधर समूहबिच साँठगाँठ रहेको खुलासा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण