घानामा समलिङ्गीविरोधी विधेयक पारित

जोहानेस्बर्ग । घानाको संसद्ले बुधबार सर्वसम्मत रूपमा समलैंगिकता विरोधी विवादास्पद विधेयक पारित गरेको छ । यतिबेला अन्तर्राष्ट्रिय जगतमा यो विधेयकको निकै आलोचना भइरहेको छ ।
‘तीन वर्षको लामो अवधिपछि अन्ततः हामीले मानव यौन अधिकार र पारिवारिक मूल्य ऐन पारित गरेका छौँ ।’ विधेयकका मुख्य पक्षधरमध्ये एक साम जर्जले एक्समा एउटा पोस्टमा भनेका थिए । विधेयक सन् २०२१ मा पहिलो पटक संसद्मा पेस गरिएको थियो । यसले समलैंगिक सम्बन्ध राख्नुलाई अपराध घोषित गरेको छ । यो विधेयकले एलजीबीटीक्यू अधिकारलाई समर्थन गर्नेलाई समेत अपराधी घोषित गरेको छ ।
अफ्रिकी देशहरूले समलिङ्गी सम्बन्धलाई व्यापक रूपमा अपराधीकरण गरेको छ । उपनिवेशकालीन कानुनका कारण यी देशहरूमा समलिङ्गी सम्बन्ध प्रतिबन्धित छन् । घानाको संसद्ले पारित गरेको यो विधेयक कानुन बन्नु अघि त्यहाँका राष्ट्रपतिले यसमा हस्ताक्षर गर्नु पर्नेछ । सीएनएनले हालै गरेको एउटा खोज अनुसन्धानमा भने अमेरिकी गैरनाफामूलक संस्था र उक्त कानुनका पक्षधर समूहबिच साँठगाँठ रहेको खुलासा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान