बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा

फागुन २१ गते राष्ट्रिय सभाका १९ सदस्यको शपथ

बिहीबार, १७ फागुन २०८०, १७ : ४२
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई फागुन २१ गतेका लागि शपथ राखिएको छ । 

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरुका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।  

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन पनि आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप