बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

संस्कारसहितको व्यवहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

शनिबार, १९ फागुन २०८०, १२ : २६
शनिबार, १९ फागुन २०८०

बागलुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यवहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । अनन्त श्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई आज सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरुकुल वेद विद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताए ।

“गुरुकुल वेद विद्याश्रमबाट उत्पादित जनशक्ति धर्म संस्कार संस्कृतिको संरक्षण संवर्द्धन, आफ्नो देशका तीर्थस्थल आदिको महिमा र गरिमालाई आम जनसमुदायमा बुझाउन तल्लीन रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “२० वर्ष अगाडि मुक्तिनाथ जस्तो तत्कालीन दुर्गम स्थानमा स्वास्थ्य सेवा श्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्त्वपूर्ण छ ।” 

“भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जबसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तबसम्म समाजले शान्तिको श्वास फेर्न सक्दैन,” प्रधानमन्त्री प्रचण्डले भने, “गौतम बुद्धको देशमा जन्मेका हामी शान्तिको लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि बिदेसिने अवस्था परिवर्तन गर्नु छ ।”

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप