मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

शालिन पोखरेल मृत्यु प्रकरण : घटनाको गहन अनुसन्धान गर्न कांग्रेसको माग

शनिबार, १९ फागुन २०८०, १६ : ०२
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै  छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग पार्टीले जोडदार माग गरेको हो ।

केहि दिनअघि सोही स्कुलको होस्टेलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शङ्कास्पद विवरणहरूप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैँमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यस पछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति अत्यन्तै गम्भीर छ ।’

यो दुःखद क्षणमा बालिका पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्तसमेत गरेको छ ।

congress

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप