शालीन मृत्यु प्रकरणको यथार्थ छानबिन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शनिबार, १९ फागुन २०८०, २२ : ०७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्यु भएको घटनाको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध रहेको बताएका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले सो घटनाको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले भनेका छन्- ‘घटनाको गहन छानबिन गरी सत्य तथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ।’
प्रधानमन्त्री प्रचण्डले पोखरेलको मृत्युले आफूलाई गम्भीर र दुःखी तुल्याएको समेत बताएका छन् । शुक्रवार पोखरेल चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण