रियल रोकिँदा बेलिङह्यामलाई रातो कार्ड
मड्रिड । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियल २–२ को बराबरी खेल्न बाध्य बनेको हो ।
दुई गोलले पछि परेको स्थिति उल्टाउँदै खेलमा पुनरागमनको गरेको रियलका लागि जुड बेलिङह्यामले खेल सकिएपछि रेफ्रीसँग वादविवाद गरेकोमा रातो कार्ड पाएका थिए । इन्जुरी समयको छैटौँ मिनेटमा हेडमार्फत गोल गर्दै उनले रियललाई जीत दिलाएको सोचेका थिए । तर, रेफ्रीले क्रस आउन अघि नै अन्तिम सिट्ठी फुकेका थिए । यसबाट क्रुद्ध बनेका उनले रेफ्रीसँग वादविवाद गरेका थिए ।
यसअघि पहिलो हाफमा ह्युगो डुरो र रोमान यारेमचुकले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै घरेलु टोली भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले रियलका लागि एक गोल फर्काए । दोस्रो हाफको ७६ औँ मिनेटमा भिनिसियसले नै बराबरी गोल गरे ।
योसँगै रियलले ला लिगामा आफ्नो अपराजित यात्रा २१ खेलसम्म पुर्याएको छ । शीर्ष स्थानमा उसले ७ अङ्कको अग्रता बनाएको छ । २७ खेलपछि रियलको ६६ अङ्क रहेको छ भने दोस्रो स्थानमा रहेको जिरोनाको ५९ अङ्क छ । यद्यपि जिरोनाले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण