सगरमाथा आरोहीले अनिवार्य ‘ट्र्याकिङ चिप्स’ लाउनुपर्ने
काठमाडौँ । सगरमाथा आरोहणको नयाँ सिजन सुरु हुनुअघि नेपाल सरकारले महत्त्वपूर्ण नयाँ घोषणा गरेको छ । सरकारले सगरमाथा आरोहण गर्ने आरोहीले ‘ट्र्याकिङ चिप्स’ भाडामा लिएर प्रयोग गर्नुपर्ने घोषणा गरेको हो । र, यो घोषणाअनुसार पर्वतारोहीले ट्र्याकिङ चिप्सको प्रयोग गर्नु अनिवार्य हुनेछ ।
‘रेपुटेड कम्पनीले पहिलादेखि नै ट्र्याकिङ चिप्सको प्रयोग गर्दै आइरहेका छन्,’ पर्यटन विभागका निर्देशक राकेश गुरुङले सीएनएनसँग भने । यो नयाँ व्यवस्थासँगै सगरमाथा चढ्ने आरोही दुर्घटनामा परेमा खोजी र उद्धारमा सहज हुने विभागको भनाई छ ।
गुरुङका अनुसार पर्वतारोहीले ट्र्याकिङ चिप्सको प्रयोगका लागि प्रति चिप्स १० देखि १५ अमेरिकी डलर भाडा तिर्नुपर्नेछ । र, यो प्रकारको चिप्स आरोहीको ज्याकेटमा राखिनेछ । आरोही सगरमाथा चढेर फर्किएपछि चिप्स हटाइने छ र सरकारलाई बुझाइने छ । जुन, चिप्स आगामी सिजनमा पुनः आरोहीलाई भाडामा दिइनेछ ।
सरकारले भाडामा लाउने चिप्स ‘ग्लोबल पोजिसनिङ सिस्टम’ मा आधारित हुनेछ । र, यसले स्याटलाइटमार्फत आरोहीको सूचना अधिकारीहरूलाई पठाउनेछ । सरकारले भाडामा दिने चिप्सको उत्पादन युरोपियन मुलुकमा गरिएको हो । तर, कुन देशको कुन कम्पनीले बनाएको बारे नखुलाउने विभागको भनाई छ ।
नेपालबाट सगरमाथा आरोहणको अनुमति लिन एक ‘क्लाइम्बर’ लाई ११ हजार अमेरिकी डलर बुझाउनुपर्ने हुन्छ । यसमा ट्र्याकिङ चिप्स, गियर, खाना, अक्सिजन, शेर्पा गाइड लगायतको खर्च जोड्दा प्रतिव्यक्ति ३५ हजार अमेरिकी डलर लाग्छ । आरोहीले सगरमाथा चढ्न कम्तीमा एक महिनासम्मको समय लाग्न सक्छ ।
विश्वका १० उच्च शिखरमध्ये ८ नेपालमा पर्छन् । यसले हिमाली पर्यटनमा नेपाल विश्वव्यापी रूपमा उच्च स्थानमा छ । गत वर्ष ४७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यो आफैँमा एक कीर्तिमान समेत हो । यीमध्ये १२ जना आरोहीको मृत्यु भएको थियो भने थप ५ जना हराइरहेको घोषणा सरकारले गरेको छ ।
यसले सगरमाथा आरोहणका क्रममा अधिकांश आरोहीको मृत्यु हुने र धेरैजसो हराउने गरेको देखिन्छ । यहि कारण, सगरमाथा आरोहणका क्रममा हुने दुर्घटना र हराएपछि खोजी र उद्धारमा सहजीकरणका लागि ट्र्याकिङ चिप्स लगाउने निर्णय सरकारले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासङ्घ महोत्तरी शाखामा महेश दास निर्वाचित
-
पत्रकार महासङ्घ धनुषाको अध्यक्षमा पुरन साह विजयी
-
इजरायलमा हतियार निर्यात रोक्न १० प्यालेस्टाइन समर्थक एनजीओले गरेको अपिल डच अदालतद्वारा खारेज
-
पत्रकार महासङ्घ सोलुखुम्बु अध्यक्षमा दर्नाल विजयी, १७ वर्षपछि नेतृत्वमा प्रेस युनियन
-
पत्रकार महासंघको चुनाव : काठमाडौं शाखाको मतगणनामा विष्टलाई प्रारम्भिक अग्रता
-
तनावले म्यान्सिटीका मुख्य प्रशिक्षक ग्वार्डिवलाको पाचन प्रणाली नै बिग्रियो