१० बजे १० समाचार : ओली र देउवासामु प्रचण्डको अडानदेखि पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दासम्म

आज २०८२ जेठ १९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा ओली र देउवासामु प्रचण्डको अडान, सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा, सर्वोच्च अदालतमा लगियो प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्ध अवहेलना मुद्दा, यातायात व्यवसायीसँगको वार्तामा जुटेन सहमति, एकै व्यक्तिका तीन वटा थर, पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्न एमाले सांसदको प्रस्ताव, देउवाले थपे भ्रातृ संस्थाका तदर्थ समितिको समयावधि लगायत छन् ।
१. ओली र देउवासामु प्रचण्डको अडान
संसदको गतिरोध खुलाउने विषयमा सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा बसे पनि सहमति जुट्न सकेन । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको छलफल निष्कर्षमा पुग्न नसकेको हो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म संसदमा अवरोध कायम राख्ने अडान प्रस्तुत गरेको बताइएको छ । विपक्षी दल रास्वपाले पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायम राखेको छ ।
२. सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै सोमबार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिबानाको मागसहित विशेष अदालतमा आरोपपत्र पेस गरेको हो ।
३. सर्वोच्च अदालतमा लगियो प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्ध अवहेलना मुद्दा
प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलविरुद्ध सोमबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा लगिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बजेट वक्तव्यमा राखिएको प्रावधान सर्वोच्च अदालतको परमादेश विपरीत रहेको भन्दै मुद्दा पेस गरेका हुन् ।
४. यातायात व्यवसायीसँगको वार्तामा जुटेन सहमति
सरकारले यातायात व्यवसायीसँग सोमबार वार्ता गरे पनि सहमति जुट्न सकेन । सोमबार गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबिचको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि मंगलबार साढे १० बजे फेरि बस्ने गरी बैठक स्थगित भएको छ । यातायात व्यवसायीले सार्वजनिक सवारी साधन थन्क्याएर विरोध प्रदर्शन गर्दा सोमबार देशभरको जनजीवन प्रभावित भएको छ ।
५. एकै व्यक्तिका तीन वटा थर
कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय नेपालगञ्जमा प्रहरीको हिरासतमा छन् । सल्यानको राई परिवारमा जन्मिएर हुर्किएका उनी नेपालगञ्ज बस्न थालेपछि राय थरले चिनिएका थिए भने लखनउ पुगेर लुक्ने क्रममा उनले आफूलाई गुप्ता भन्ने गर्दथे ।
६. पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्न एमाले सांसदको प्रस्ताव
पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा राख्न एमाले सांसद सूर्यबहादुर थापाले प्रस्ताव गरेका छन् । सोमबार अर्थ समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् । जततउकस्ररधधध।चबतयउबतष्।
७. देउवाले थपे भ्रातृ संस्थाका तदर्थ समितिको समयावधि
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने निर्णय गरेका छन् । सोमबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा देउवाले इतर समूहका नेताहरूको विरोधका बिच भ्रातृ संस्थाको म्याद थप्ने निर्णय गरेका हुन् ।
८. अनेरास्ववियुको अध्यक्षमा ५ सचिव भिड्ने
नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षका लागि पाँच जनाबिच प्रतिस्पर्धा हुने भएको छ । हालका १० जना सचिवमध्येबाट पाँच जना प्रतिस्पर्धामा उत्रिने भएका हुन् । ३२ वर्षे उमेर हदका कारण चार जना उपाध्यक्ष र एक जना महासचिव अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएपछि नेतृत्वका लागि सचिवहरूबिच प्रतिस्पर्धा हुन लागेको हो ।
९. कुन महानगर र उपमहानगरलाई कति अनुदान ?
सरकारले देशभरका ६ महानगरलाई झण्डै पौने १२ अर्ब अनुदान दिने भएको छ । यस्तै, उपमहानगरहरूलाई ११ अर्बभन्दा बढी अनुदान दिने भएको छ ।
१०. प्रदेश सरकारले दिने उपचार खर्च लिन सकस
सुदूरपश्चिम प्रदेश सरकारले विपन्न नागरिकका लागि मिर्गौला, मुटु रोग, क्यान्सर सहित गम्भीर प्रकृतिको रोग उपचार गर्न एक लाख रुपैयाँ दिने गरे पनि कार्यविधिमा रहेको झन्झटिलो प्रक्रियाका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख पार्टीमा नेतृत्व परिवर्तन कत्तिको सम्भव ? के भन्छन् नेताहरू ?
-
त्रिवि सेवा आयोगद्वारा विभिन्न पदका लागि आवेदन माग
-
डोटीमा भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा आदर्श बन्यो च्याम्पियन
-
अब ५ करोडभन्दा माथिका योजना मात्र राख्ने अभ्यासतर्फ जानुपर्छ : मन्त्री दाहाल
-
पूर्वाधार क्षेत्रको नीति तथा कार्यक्रमले आशा जगाए पनि र बजेटमा निराशाजनक छ–अध्यक्ष सिंह
-
वाईसीएलमा नेतृत्व छान्न शक्ति र दीपशिखा सक्रिय, सहमतिको प्रयास जारी