सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

वर्षाले खेल बिथोलिएपछि फाइनलमा नेपालको प्रतिद्वन्द्वी नेदरल्यान्ड्स

आइतबार, २० फागुन २०८०, १४ : ४३
आइतबार, २० फागुन २०८०

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि फाइनलको समीकरण तय भएको हो ।

१५ ओभरमा नामिबियाले ४ विकेटको क्षतिमा ९८ रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन् । ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो । नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ । नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बन्यो ।

अब फाइनल खेल मंगलबार त्रिभुवन विश्वविद्यालयको मैदानमा खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप