एकीकृत समाजवादीका एक दर्जनभन्दा बढी नेता, कार्यकर्ता एमालेमा फर्किए
सुर्खेत । नेकपा एकीकृत समाजवादी दैलेखका एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका छन् । केन्द्र, प्रदेश, जिल्ला र पालिकाका अध्यक्षहरू लगायत एक दर्जनभन्दा बढी नेता, कार्यकर्ताहरू एमालेमा फर्किएका हुन् ।
एमालेमा फर्किनेमा पूर्व सांसद समेत रहेकी केन्द्रीय सदस्य पार्वति विशुन्के, बरुनाथ योगी, प्रदेश कमिटी सदस्य भुपेन्द्र बहादुर शाही, बालकृष्ण केसी, जिल्ला उपाध्यक्ष निरक शाही, जिल्ला कमिटी सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव कमल रिजाल रहेका छन् ।
यस्तै विद्यार्थी संगठनका केन्द्रीय सचिव भरत शाही, प्रदेश कमिटी सदस्य वसन्त रेग्मी, एकीकृत समाजवादीको दुल्लू नगरपालिकाका अध्यक्ष भिम प्रसाद शर्मा, नारायण नगरपालिकाका अध्यक्ष हर्क नेपाली, दुल्लू नगर सचिव महेन्द्र नाथ योगी लगायतका नेताहरू एमालेमा फकिएका छन् ।
एमाले दैलेखले दुल्लू नगरपालिकामा समायोजन कार्यक्रम राखेर नै उनीहरूलाई पार्टीमा स्वागत गरेको थियो । एमाले प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य एवं दैलेख जिल्ला इन्चार्ज यामलाल कँडेल लगायतका नेताहरूले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
एकीकृत समाजवादीका ११८ जना नेता, कार्यकर्ता एमालेमा फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण