रुसी आक्रमणमा ११ जनाको मृत्यु, जेलेन्स्कीद्वारा पश्चिमी हवाई रक्षाका लागि आग्रह
किएभ । रुसी क्षेप्यास्त्र, ड्रोन र तोप हमलामा कम्तीमा ११ जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार पश्चिमी मुलुकहरूसँग थप हवाई–रक्षा प्रणाली चाँडो उपलब्ध गराउन आह्वान गरेका छन् ।
दक्षिणी बन्दरगाह सहर ओडेसामा रातभर भएको ड्रोन हमलामा एक बालक र एक शिशुसहित आठ जनाको मृत्युको पुष्टि भएको एक क्षेत्रीय अधिकारीले बताएका छन् । उत्तरपूर्वी खार्किभ तथा दक्षिणमा खेरसन र जापोरिजियाको सीमावर्ती क्षेत्रहरूमा भिन्नाभिन्नै गोलाबारी हमलामा अन्य तीन जना मारिएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् ।
“रुसले लगातार नागरिकहरूमाथि हमला गरिरहेको छ”, राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, “हामीलाई हाम्रा साझेदारहरूबाट थप हवाई प्रतिरक्षा आवश्यक छ, हामीलाई आफ्ना नागरिकहरूलाई रुसी आतङ्कबाट थप सुरक्षा प्रदान गर्नका लागि युक्रेनी हवाई ढाललाई बलियो बनाउन आवश्यक छ, थप हवाई–प्रतिरक्षा प्रणालीका लागि थप क्षेप्यास्त्रले जीवन बचाउँछ ।”
अमेरिकी कांग्रेसमा ६० अर्ब डलरको महत्त्वपूर्ण सहायता प्याकेज अड्किएकाले युक्रेन अहिले दुई वर्षको युद्धमा ‘ब्याकफुट’ मा छ । “रुसी ‘आतङ्कवादीहरू’को हमलामा ओडेसामा नौ तले एउटा भवन क्षतिग्रस्त भएको छ”, गृहमन्त्री इगोर क्लिमेङ्कोले शनिबार एक टेलिग्राम पोस्टमा भने । करिब १० जना बेपत्ता छन् र एक सय उद्धारकर्मी रातभर खोजी तथा उद्धार कार्यका लागि तयारी अवस्थामा छन् ।
घटनास्थलको फुटेजमा एउटा आवासीय भवनको धेरै तला भत्किएको र भवनको अग्रभाग बिग्रिएको देखाइएको छ । युक्रेनको हवाई सेनाले उसले खसालेको रुसी ड्रोनको भग्नावशेष ओडेसा र खार्किभ दुवै स्थानका आवासीय भवनहरूमा खसेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण