संसदमा अनुभवीलाई निरन्तरता दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तमिल्सिनाले संसदमा नयाँ सांसदहरुले मात्रै परिष्कृत कानुन बनाउन नसक्ने बताएका छन् ।
आइतबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले संसदमा अनुभवीहरूले नै परिष्कृत कानुन बनाउनसक्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले नयाँले सिक्ने र अनुभवीहरूले परिष्कृत रुपमा देश र जनतालाई मध्यनजर गरी कानुन बनाउन जरुरी रहेको बताए । उनले कतै राम्रो काम नगरेका कारण त अनुभवीहरूमाथि प्रश्न उठेको छैन ? भन्ने प्रश्न गरे । उनले परिणाम दिने अनुभवी व्यक्तिलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले भने, ‘संसदमा भनेको अनुभवीहरूले नै परिष्कृत बनाउने हो । नयाँ पनि आउने तर अनुभवहरूलाई निरन्तरता दिने हो । विश्वमा पनि त्यही छ । हाम्रो अलि केही पटक भएपछि प्रश्न उठ्छ । किनभने हामीले राम्रो कतै गरेनौँ की, गरेकोलाई सम्प्रेषण गरेनौँ की ? परिणाम दिनेगरी अनुभवलाई निरन्तरता दिनुपर्ने हुन्छ । सबै नयाँ भयौँ भने पनि सभाले खोजे जत्तिको दिन सक्दैनौँ । अनुभवलाई पनि लिँदै र नयाँले पनि सिक्दै जाने हो ।’
अध्यक्ष तिमिल्सिनाले विधि निर्माणमा अझै लाग्नुपर्ने आवश्यकता रहेको बताए । व्यक्ति र संस्था केन्द्रित भएको विधि निर्माण गर्दा समस्या आएको बताए । उनले सिंगो देश र जनतालाई फाइदा पुग्नेगरी कानुन निर्माण गर्न आवश्यक रहेको बताए ।
आइतबारदेखि एमालेबाट चुनाव जितेर राष्ट्रियसभा अध्यक्ष बनेका गणेशप्रसाद तिमिल्सिनासहित पार्टीका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिएको छ । कांग्रेसबाट रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ । कार्यकाल सकिनेमा माओवादीबाट विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा छन् ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि आजै सकिँदैछ । राष्ट्रपतिबाट मनोनीत डा.विमला राई पौड्यालको पदावधि पनि आजदेखि सकिँदैछ । आज अन्तिम दिनमा सबै पदावधि सकिने सदस्यहरूलाई विधायन व्यवस्थापन समितिको बैठकमा बिदाइ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण