शालिन मृत्यु प्रकरण : अराजक गतिविधि गरेको आरोपमा पुण्य गौतम र युवराज सफल पक्राउ
काठमाडौँ । शालिन पोखरेलको मृत्यु भएको घटनामा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुण्य गौतम र युवराज पौडेल (सफल) छन् ।
अनुसन्धानमा असर गर्नेगरी अराजक गतिविधि गरेको र माहौल भड्काएको आरोपमा उनीहरूलाई त्रिवि शिक्षण अस्पताल परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनीहरूलाई अहिले प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।
फागुन १२ मा चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेकी हुन् । उनको हत्या भएको आरोपमा काठमाडौँ र चितवनमा विरोध प्रदर्शन भइरहेको छ । त्रिवि शिक्षण अस्पतालले शलिनका पोष्मार्टम रिपोर्ट आइतबार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनमा पठाएको छ । शव परीक्षण रिपोर्ट अनुसार उनको मृत्युको कारण ‘ह्याङगिङ्ग’ उल्लेख गरिएको छ । पीडित पक्षले बलात्कारपछि हत्या भएको आरोप लगाउँदै आएका छन् । तर, पोष्टमार्टमबाट बलात्कार नभएको देखिएको छ ।
कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनामा संलग्न आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले स्कुलका प्रिन्सीपलसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
गौतम र सफलले त्रिवि शिक्षण अस्पताल परिसरमा गएर पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै सवारी आवागमनका अवरोध गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण